default_image

11 months ago

February 6, 2025

एनओसी कार्यसमितिबाट अहिलेसम्म ४ जनाको राजीनामा

349 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् ।

पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।
सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषद (राखेप) निर्देशन पालना गर्दै राजीनामा दिएको उनीहरुले राजीनामा पत्रमा उल्लेख छ ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा र नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले उपाध्यक्ष तथा भलिबल संघका अध्यक्ष चन्द र अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य मनिष जोशीले
सदस्यबाट राजीनामा गरेका हुन्।

चन्दले एनओसीका धेरै सदस्य संघहरुको अहसमति देखिएकोले नैतिकताको आधारमा सदस्य पदमा बस्न उचित नरहेको ठहर गरी राजिनामा दिएको चन्दले बुधवार दिएको राजीनामा पत्रमा उल्लेख छ।

एनओसीसँग सम्बन्धिय मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको, युवा तथा खेलकुद मन्त्रालय, राखेप तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक‌ काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधिले मंगलवार संयुक्त रुपमा पठाएको पत्रलाई पनि चन्दले राजीनामाको आधार बनाएका छन् । राणा, शर्मा र जोशीले भने केहि अगाडि नै राजीनामा गरिसकेका थिए।

एनओसीको विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनका विषयमा कानुनी प्रश्न उठेकाले त्यसको अन्तिम किनारा नलागेसम्म आइओसी र ओसिएले नयाँ कार्यसमितिलाई मान्यता दिइनसकेको आइओसी र ओसिएको संयुक्त पत्रमा प्रष्ट पारेको छ ।

अध्यक्षको अनलाइन निर्वाचनमा निर्वाचनमा भाग नलिने ७ जनामा शर्मा र जोशी थिए । राणा र चन्दले भने निर्वाचनमा भाग लिएका थिए। २७ मध्ये २० जनाले अनलाइन मतदानमा भाग लिएको एनओसीले जनाएको थियो।

उच्च अदालतको आदेशको‌ अवज्ञा गर्दै एनओसीले मंसिरमा विशेष साधारण सभा तथा सर्वोच्च अदालतको आदेश र त्यसका आधारमा राखेपको निर्देशनलाई अटेर गर्दै एनओसीले निर्वाचन गरेको थियो।

अदालतको आदेश र राखेपको निर्देशनको सम्मानमा आफूले राजीनामा दिएको शर्माले बताए।‌ उनले भने,’ मैले निर्वाचनमा पनि भाग लिइन।’

अध्यक्ष पदका अनलाइनमार्फत मतदान भएको र बाँकी सबै पद निर्विरोध भएको थियो। जसमा ७ उपाध्यक्ष, १ महासचिव, १ उप महासचिव, ३ सह सचिव र ५ सदस्य थिए। ४ जनाको राजीनामा पछि कार्यसमितिमा अब १५ जना बाँकी छन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.