default_image

11 months ago

February 6, 2025

सडन डेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र नायक

1162 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो।

टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा टिकेन्द्रले ३ खेलाडीको प्रहार रोके भने एनआरटीका गोलकिपर विशाल सुनारले २ खेलाडीको प्रहार रोके ।

टाइब्रेकर विशाल र सडन डेथमा टिकेन्द्रले सडन डेथमा आफैले गोल गरे। समग्रमा सडनडेथ चर्च ब्वाइज ६-५ ले विजयी भयो।

टाइब्रेकर चर्च ब्वाइजका लागि नविन लामा, मिलन राई, अकिन्स बाफोर, अबायोमी फाकुन्ले, प्रशान्त लक्षम, टिकेन्द्रले गोल गरे। सकल रेग्मी, सर्जे डिका र राज भुषालको प्रहार विफल भयो।

एनआरटीका अन्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार, राजिव लोप्चनले पेनाल्टीमा गोल गरे।
एञ्जल महर्जन, जन्मजय धामी, रिचार्ड विल्सन र माईकल मगरको प्रहार विफल भयो।

टिकेन्द्रले तेस्रो पेनाल्टी रोक्ने क्रममा माइकलको प्रहार विफल पार्दै चर्च ब्वाइजको क्वाटरफाइनलमा यात्रा निश्चित गरे । चर्च ब्वाइजले माघ २८ गते क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।

नियमित समयमा एनआरटीले अग्रता जोगाउन सकेन।
२५ औँ मिनेटमा रिचार्ड विल्सनको गोलमा एनआरटीले सुरुवाती अग्रता लियो । कृतिषरत्न छुन्जुको प्रहार चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रले पन्च गर्दै जोगाएपनि त्यसकै रिबाउण्डमा विल्सनले बललाई पोष्टको दिशा दिए।

६३ औं मिनेटमा नविनको पेनाल्टीमा गोल चर्च ब्वाइजलाई खेलमा फर्कायो । एनआरटीका नरेन चौधरीले मनिष जर्गामगरलाई पेनाल्टी बक्समा खराब ट्याकल गरेपछि चर्च ब्वाइजले पेनाल्टी पायो। त्यसलाई नविनले खेर जान दिएनन्।

त्यसअघि सातौं मिनेटमा चर्च ब्वाईजका अबायोमी फाकुन्लेको क्रसमा मिलन राईको प्रहार क्रसबारको माथिबाट आकाशियो। नवौं मिनेटमा अबायोमीको क्रसमा नविनको प्रहार एनआरटीका गोलकिपर विशालले रोके ।

२२ औं मिनेटमा एनआरटीका एञ्जल महर्जनको फ्रि किक प्रहार सिधै चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रको हातमै पुग्यो।

७० औँ मिनेटमा राज भुषालले एनआरटीको डिफेन्डरलाई छक्याउँदै दिएको पासमा नविनको प्रहार गोलकिपर विशालले सहजै बचाए।

८५ औँ मिनेटमा राज भुषालले सिक्स यार्ड बाहिरबाट गरेको प्रहार विशालले जोगाए। थप समयको २१ औँ मिनेटमा एनआरटीका कप्तान अन्जन विष्टको फ्रिकिक टिकेन्द्रले पन्च गरे।

यसैबिच एनआरटी र चर्च ब्वाइजबिच धरानमा जारी २५ औं बुढासुब्बा गोल्डकपको शनिवार हुने फाइनलमा प्रतिस्पर्धा हुनेछ । एनआरटीले आज युकेएफसीलाई ३-१ ले हराउँदै फाइनल पुगेको छ। चर्च ब्वाइज हिजै फाइनल पुगिसकेको छ ।

एनआरटी र चर्च ब्वाइजबिच यो‌ सिजनको त्यो तेस्रो फाइनल हुनेछ । मंसिरमा एनआरटीले इलाम गोल्डकप र पुसमा चर्च ब्वाइजले झापा कप जित्दा एकअर्कालाई हराए थिए।

सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा पोखरा गोल्डकपमा शुक्रवार भारत सिक्किमको थन्डरबोल्ट युनाइटेड र दुई पटकको विजेता संकटा क्लबबिच अन्तिम प्रि क्वाटरफाइनल हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.