11 months ago
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ।
पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ।
पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक, थ्री स्टार क्लबले ५ पटक र त्यसपछि संकटा दुई च्याम्पियन बनेको थियो।
आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब समान १ पटक च्याम्पियन बनेका थिए। यसपटक पूर्व विजेता आयोजक सहारा , एपिएफसँगै एनआरटी आफ्नो पहिलो खेलमै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
पुलिस, मच्छिन्द्र फुटबल क्लब र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड आहा राराको क्वाटरफाइनलमा पुगिसकेका छन् । आर्मी ,थ्री स्टार, ब्रिगेड ब्वाइज युके र उज्वेकिस्तानको बिग बुल्सले क्वाटरफाइनलबाट खेल्नेछन्।
संकटा २०७७ मा पहिलो पटक र २०७९ मा दोस्रो पटक आहा रारामा च्याम्पियन बनेको थियो। अफ्रिकन रुटलाई पेनाल्टीमा ४-२ ले हराउँदै संकटा पहिलो पटक च्याम्पियन बनेको थियो। निर्धारित र थप समयमा १-१ को बराबरीपछि टाइब्रेकरमा बाजी मारेको थियो। संकटा दुई वर्षअघि विजेता बन्दा बिवाइएससी युएसएलाई ३-२ ले पराजित गरेको थियो।
संकटाले पछिल्लो पटक माघ १७ गते दशरथ रंगशालामा भएको सभापति कपको उपाधि जितेको थियो। आयोजकको बागमतीलाई हराएपछि संकटा आज पहिलो पटक मैदान उत्रदैछ । सभापति कपका सर्वोत्कृष्ट खेलाडी बनेका दीप कार्कीको कप्तानीमा आहा राराको यात्रा सुरु गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]