11 months ago
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।
दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ।
मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता लियो । तालाले ३४ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गर्दैै थन्डरबोल्टलाई खेलमा फर्किएका हुन् ।
दोस्रो हाफमा करण राई र आर्दश तामाङले गोल गरे ।
७७ औं मिनेटमा करणले गोल गर्दैै थन्डरबोल्टलाई अघि बढाए । खेल सकिन एक मिनेट बाँकी रहँदा आदर्शले दर्शनीय गोल गर्दैै थन्डरबोल्टलाई जितको हकदार बनाए ।
संकटा खेलाडीले छुटाएको बललाई नियन्त्रण लिएर आदर्शले मध्ये भागको केहि अगाडिबाट गरेको प्रहार गोलमा परिणत भएको छ। पोष्टबाट अगाडि बढिसकेका गोलकिपर दीप कार्कीले बल रोक्ने मौकै पाएनन्।
योसँगै तीन वटा पूर्व विजेता टोली यसपटक बाहिरिसकेका छन् । आयोजक सहारा क्लब, एपिएफ र संकटा बाहिरिसकेका छन् ।
थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ। ब्ल्याक बुल्स शुक्रवार काठमाडौं आइपुगेको छ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिवार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबिच हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]