10 months ago
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ।
पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे।
दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै दोस्रो भए। सुरेश जौली तेस्रो भए। उनले १० मिनेट ५१.२४ सेकेन्डमा दौड पूरा गरे।
महिला व्हिल चियर १ किलोमिटर दौडमा सृजना सार्की पहिलो स्थान प्राप्त गर्न सफल भइन् । उनले ६ मिनेट १६. ५१ सेकेन्डमा दौड पूरा गरिन्।
हिमा कुमारी लम्साल दोस्रो र पुनम विक तेस्रो भइन्। हिमाले ६ मिनेट ५३. ५० सेकेन्डमा र १० मिनेट १२. १३ सेकेन्डको टाईमिङमा दौड सकाए।
प्रतियोगिताको महिला दृष्टिविहीन ८० मिटर दौडमा विनिता पुन पहिलो भइन्। उनले १३.७० सेकेन्डमा दूरी तय गरिन्। देवि बराल दोस्रो भइन्। उनले १५.०५ सेकेन्डको टाईमिङ निकालिन्। १६.२३ सेकेन्डमा दौड सकाएकी सचिना सुवेदी तेस्रो भइन्।
पुरुष दृष्टिविहीन ८० मिटर दौडमा जीवन थापा पहिलो भए। रोषी लोहनी दोस्रो र विरेन्द्र लामिछाने तेस्रो स्थानमा दौड पूरा गरे।
भूतपूर्व खेलाडी मन्च, पोखराको आयोजनामा फागुन ३ गते १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुनेछ। जहाँ पुरुष म्याराथन र महिला हाफ म्याराथन लगायत विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]