11 months ago
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ।
आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।
पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे।
विवेकले २८ औं मिनेटमा कर्नरमा गोल गर्दैै टोलीलाई अघि बढाए। ४० औं मिनेटमा विवेककै कर्नरमा रामले हेड मार्फत गोल गर्दैै टोलीको अग्रता दोब्बर पारे ।
पुलिस पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो । यसअघिका ३ प्रतियोगिताको पहिलो खेलमै पराजित पुलिसले पोखरामा यसपटक लगातार दुई खेल जितेको छ ।
पुलिसले सेमिफाइनल फाइनलमा चर्च ब्वाइज युनाइटेड र साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब मध्ये एकसँग खेल्ने छ।
पुलिसले २०५८ (काराभान गोल्डकप) सहित २०५९, २०६४,२०६५, २०६६ र पछिल्लो पटक २०७४ मा गरि ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो।
प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र ५ पटकको विजेता थ्री स्टार क्लबबिच दोस्रो क्वाटरफाइनलमा हुनेछ।
यसपटक प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। आहा राराको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]