default_image

10 months ago

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

901 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ।

पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो।

मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता एपिएफ फुटबल क्लबलाई २-० ले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो।

थ्री स्टार यो सिजन पहिलो खेल आज खेल्दैछ। मच्छिन्द्रले भने १० दिन अघि काठमाडौंमा भएको सभापति कपमा सेमिफाइनल खेलेको थियो। त्यहाँ पनि पहिलो खेलमा एपिएफलाई हराएको मच्छिन्द्र सेमिफाइनलमा संकटासँग पराजित भएको थियो।

थ्री स्टार आहा सर्वाधिक सफल टोलीको दोस्रो स्थानमा छ । मच्छिन्द्र भने अहिले सम्म आहा राराको फाइनल पुग्न सकेको छैन। मच्छिन्द्र विदेशी, राष्ट्रिय टोलीका सदस्य र अनुभवी खेलाडीसहित सन्तुलित टोली हो।

थ्री स्टारले नयाँ संरचनासहित अघि बढेको छ । त्यसमा केहि विदेशी, युवा र केहि अनुभवी खेलाडी छन्।
२०६३ मा पहिलो पटक आहा रारा जितेको थ्री स्टार पछिल्लो पटक २०७५ च्याम्पियन बनेको थियो। २०६७, २०६९ र २०७१ मा पनि थ्री स्टार विजेता बनेर फर्केको थियो।

गत वर्षको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग
पराजित थ्री स्टार २०६५,२०६६,२०७४ को संस्करणमा पनि उपविजेता बनेको थियो। आहा रारामा थ्री स्टार भन्दा बढी नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक उपाधि जितेका छन्।

संंकटाले २,  अफ्रिकन युनाइटेड, आयोजक सहारा, एपिएफ र आर्मी समान १ पटक उपाधि जितेका छन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.