10 months ago
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रशिक्षक गणेश खड्काको विश्वासमा खरो उत्रदै गोलकिपर सरिन जि.सीले टाइब्रेकरमा आदित्य शाक्यको पेनाल्टी रोकेपछि थ्री स्टार क्लब २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ।
पहिलो रोजाइका गोलकिपर अभिषेक बरालको ठाउँमा सरिनलाई थप समयको पनि इन्ज्युरी समयमा मैदान पठाइएको हो । त्यो मौकालाई सरिनले सदुपयोग गरेका छन्।
दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकर ४-२ ले हराउँदै ५ पटकको च्याम्पियन थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

पोखरा रंगशालामा त्यसअघि निर्धारित ९० र थप ३० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो। जहाँ मच्छिन्द्र पहिलो पेनाल्टी मै अभागी रह्यो। विशाल घलानको प्रहार क्रसबारमा लागेको थियो।
टाइब्रेकरमा थ्री स्टारका सबै ४ खेलाडी दिपेश घले, फोडे फोफोना, विराज महर्जन र लक्ष्मण रुचाल गोल गरे।
मछिन्द्रका लागि दोस्रोमा दिवाकर चौधरी र तेस्रोमा सनिश श्रेष्ठले मात्र गोल गरे। टोलीको चौथो आदित्यको पेनाल्टी सनिकले रोकेपछि पाँचौं पेनाल्टी हान्नै परेन ।
सिजनको पहिलो खेल जितेको थ्रीस्टारले सेमिफाइनल भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड वा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीमध्ये एकसँग खेल्नेछ।
खेलको १९ औं मिनेटमा थ्रीस्टारका दिपेश घलेको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा अग्रता लिने मौका गुम्यो ।
२२ औ मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ अघि बढेको अवस्थामा आशिष चापागाईको प्रहार डिफेन्डरले क्लियर गरिदिए।

२४ औ मिनेटमा थ्री स्टारका कमल श्रेष्ठको कर्नरमा एलेक्स विलियमको प्रहार क्रसबार माथिबाट बाहिरियो।
खेलको ९० औ मिनेटमा मछिन्द्रका आदित्यको फितलो प्रहार सिधै गोलकिपर अभिषेक बरालको हातमा पुग्यो।
थप समयको पहिलो हाफको इन्ज्युरी समयमा थ्री स्टारका फोडे फोफोनाको प्रहार बारमा लागेर फर्कियो
प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमवार साविक विजेता त्रिभुवन आर्मी क्लब र चर्च ब्वाईज युनाईटेड क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
आर्मीले सिधै क्वाटरफाइनलमा प्रवेश पाएको हो । प्रि-क्वाटरफाइनलमा सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा पुगेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]