default_image

9 years ago

February 23, 2017

नेपाली मुलका विभेष क्रिस्टल प्यालेसमा आबद्ध

141 views

0 Bookmark

केन्ट (एजेन्सी)– नेपाली मुलका विभेष गुरुङ इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । मेडस्टोन युनाइटेड फुटबल क्लबबाट प्रशिक्षणरत यू १६ फुटबल विभेष क्लबमा आबद्ध भएको केन्ट अनलाइनले जनाएको छ ।

gurung

घरेलु क्लब मेडस्टोनमा करिब १८ महिना देखि संलग्न रहेका गुरुङले क्रिस्टल प्यालेससँगको ५ महिने सफल परीक्षणपछि आबद्ध हुने मौका पाएका हुन् ।

‘व्यावसायिक क्लबमा अवसर मिलाउने मद्दत गर्ने मेरो क्लब मेडस्टोन युनाइटेड , त्यहाँका प्रशिक्षक र अन्य साथीहरु प्रति आभारी छु,’ विभेषले भने, ‘ क्लबसँग विताएको समय मेरा लागि अविस्मरणीय रह्यो ।’

प्यालेसमा छात्रवृत्ति पाएका विभेषले जुलाईबाट लन्डनको क्लबसँगको यात्रा सुरु गर्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.