10 months ago
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड सामना गर्दैछ।
पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
आफ्नो पहिलो खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो। गोलकिपर टिकेन्द्र थापाले सडन डेथमा ३ पेनाल्टी रोकेपछि चर्च ब्वाइजले अन्तिम आठको यात्रा तय गरेको थियो।
चर्च ब्वाइजले यो सिजन ५ वटा फाइनल खेलिसकेको छ । जसमा झापा कप र फाल्गुनन्द गोल्ड कप जितेको थियो । इलाम गोल्डकप, सिक्किमको गभर्नस गोल्डकप र शनिवार धरानमा भएको बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइज दोस्रो भएको थियो।
आर्मीको भने यो सिजन सन्तोषजनक रहेको छैन । इलाम गोल्डकप र लमजुङको त्रिबेणी कपको पहिलो खेलमा नै पराजित भएको थियो।
आर्मी पहिलो पटक गत वर्ष आहा रारा गोल्डकपमा च्याम्पियन बनेको थियो। थ्री स्टार क्लबलाई ३-० ले हराउँदै आर्मीले उपाधि जितेको थियो। थ्री स्टार यसपटक सेमिफाइनल पुगिसकेको छ। मच्छिन्द्रलाई टाइब्रेकरमा ४-२ ले हराउँदै हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको थियो।
यसपटकको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]