default_image

10 months ago

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

579 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो ।

प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर राजेश शाहले खेलको चौथो र आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ६६ औँ मिनेटमा अरमान बेडोङले अर्को एक थोल थपे ।

उपाधिसँगै प्लानिङ ब्वाइजले २ लाख २५ हजार, ट्रफी र दोस्रो टोली न्यु स्टार एफसीले १ लाख २५ हजार रुपैयाँ ट्रफी प्राप्त गर्यो ।

त्यस्तै, प्रतियोगिताको विजेता टोली प्लानिङ ब्वाइजका युवराज पुरी उत्कृष्ट गोलकिपर, आयोजक नव ज्योति युथ क्लबका अनिल गिरी उदीयमान खेलाडी चुनिए । न्यु स्टारका मिलन लिम्बू सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान १० हजार रुपैयाँ र ट्रफी पाए ।

त्यस्तै प्लानिङ ब्वाइजका प्रताप राई प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी भए । उनले १५ हजार रुपैयाँ ट्रफी पाए । उनी यसअघि दुई खेलमा प्लेयर अफ द म्याच भएका थिए ।

प्लानिङ ब्वाइज भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, आयोजक नव ज्योति युथ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, क्लबका अध्यक्ष गोपाल पोखरेल, उपाध्यक्ष भरत खतिवडा, ज्योति श्रेष्ठ, सचिव मुकेश भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.