10 months ago
February 11, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा!रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी टोली भिड्दैछन्।
पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुने खेलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच प्रतिस्पर्धा हुनेछ।
दुवै टोली पहिलो पटक आहा गोल्डकपमा सहभागी भएका हुन्। ब्ल्याक बुल्सले सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। थन्डरबोल्टले भने दुई पटकको च्याम्पियन संकटा क्लबलाई ३-१ ले हराउँदै अन्तिम आठको यात्रा गरेको थियो।
थन्डरबोल्टले १-० ले पछि परेको खेल उल्टाइएको थियो। यो खरलको विजेताले ५ पटकको विजेता थ्री स्टार क्लबको सामना गर्नेछ। मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकर ४-२ ले हराउँदै थ्री स्टार एक कदम अघि बढेको थियो।
पूर्व विजेता मध्ये थ्री स्टार र नेपाल पुलिस क्लब मात्रै यसपटक सेमिफाइनल पुग्न सफल भएका छन् । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले आहा राराका दुई सर्वाधिक सफल टोली हुन् ।
समान ६ पटक जितेका यि दुइ टोली मध्ये यसपटक मनाङले भाग लिएन । २३ औं संस्करणसम्म ८ टोलीले मात्र आहा गोल्डकप जितेका छन् । मनाङसँगै एक पटकको विजेता अफ्रिकन युनाइटेडबाहेक ६ विजेता टोलीले यस पटक भाग लिएका थिए।
त्यसमध्ये दुई पटकको विजेता संकटासहित समान एक पटकका विजेता आयोजक सहारा क्लब पोखरा, एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब बाहारिसकेका छन् ।
आर्मी सोमवार चर्च ब्वाइज युनाइटेड सँग १-० ले पराजित भएको थियो। एपिएफलाई मच्छिन्द्रले २-० र आयोजकलाई पुलिसले १-० ले हराएको थियो।
यसपटकको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]