10 months ago
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ।
दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ सय रुपैयाँ तोकेको छ।
फिफा इन्टरनेसनल विन्डोमा हुन लागेको च्याम्पियनसिपमा नेपालसहित कीर्गिस्तान , म्यानमार र लेबनन गरि ४ टोलीको सहभागिता रहनेछ। राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोलीले फागुन १४ गते फाइनल खेल्नेछन्।
कीर्गिस्तान फागुन १ र बाँकी २ टोली फागुन २ गते काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ। च्याम्पियन्सिप फागुन ५ गतेबाट सुरु हुनेछ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका छन्। ३० मध्ये गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल व्यवसायिक फुटबलका लागि देश बाहिर छन्।
एएफसी उमेन्स एसिया कप र फिफा वमन्स वर्ल्ड कपको तयारी स्वरुप इन्टरनेसनल च्याम्पियनसिपको आयोजना गरिएको एन्फाले जनाएको छ।
खल्ती एपबाट टिकट खरिद गर्न सकिने च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीले गर्ने एन्फाले जनाएको छ।
एन्फाले टिकेटिङ अधिकार ब्रान्ड डिजिटल लोजिक प्रालिलाई बेचेको छ। १ करोड ३५ लाख रुपैयाँमा टिकेटिङ राइट एन्फाले बेचेको बताइएको छ।
ब्रान्ड डिजिटल लोजिकलाई नै ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार ६६ लाख रुपैयाँमा बिक्री गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
अलग अलग टेन्डरबाट ब्रान्ड डिजिटल लोजिकले दुवै अधिकार प्राप्त गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। टेन्डरमा दुई वटा कम्पनीले दाबेदारी प्रस्तुत गरेको पनि एन्फाले जनाएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]