default_image

10 months ago

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

379 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो ।

एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् ।

सुरुवाती गोल जेनिफरले खेलको छैटौं मिनेटमै गरेकी थिइन् । उनले खेलको ४० औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् ।

दोस्रो गोल १३ औं मिनेटमा गरेकी जेनिफरले फेरि ३८ औं र ४६औँ मिनेटमा थप गोल गरिन् । उनी सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा शीर्ष स्थानमा छिन् ।
जेनिफर पहिलो खेलमा दमक नगरपालिकाविरुद्ध ५ गोल गरेकी थिइन् ।

मेनुकाले खेलको ११, ३५ र ५५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । कुसुम खतिवडा, मञ्जलीकुमारी योञ्जन र मन्जिला योङहाङले समान २ गोल गरे।

कुसुमले खेलको १७ र १९ औँ, मञ्जलीले ३४ र ३६ औँ तथा मन्जिलाले खेलको ४२ र ५२ औँ मिनेटमा गोल गरेकी हुन् ।

त्यस्तै, रेनु लिम्बूले खेलका ४५ औँ मिनेटमा गोल गरेकी थिइन् भने एक गोल आत्मघातीस्वरुप उपहार पाएको थियो ।

प्लेयर अफ दि म्याच बनेकी अर्जुनधाराकी कुसुम खतिवडाले ५ हजार रुपैयाँ प्राप्त गरिन्। कमल गाउँपालिका र मेचीनगर नगरपालिकाबिच बुधवार तेस्रो क्वाटरफाइनल खेल्नेछन् ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले ३ लाखसहित ट्रफी र दोस्रो टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.