10 months ago
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् ।
पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे ।
भिटिन्हाले २१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जिताएका थिए । डेम्बेलेले खेलको ४५औं र ६६औं मिनेटमा गोल गरेका थिए । दोस्रो लेगको पिएसजीको घरेलु मैदानमा फेब्रुअरी २० मा हुनेछ।
युभेन्टसले डच क्लब पिएसभीलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टस २-१ ले विजयी भयो । दुई टोली बीचको दोस्रो लेगको खेल फेब्रुअरी २० मा हुनेछ।
अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले पोर्चुगलको क्लब स्पोर्टिङ सिपीलाई पराजित गरेको छ । स्पोर्टिङको घरेलु मैदानमा भएको खेलमा डर्टमुन्ड ३-० ले विजयी भएको हो । दुईबीचको दोस्रो लेगको १९ फेब्रअरीमा डर्टमुन्टको मैदानमा हुनेछ ।
अर्को खेलमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको छ। दुईपटक खेलमा पछि परेर पनि रियलले खेल उल्टाएको थियो।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]