10 months ago
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ५ पटकको च्यम्पियन थ्रीस्टार क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४-० गोल अन्तरले हराउँदै ब्ल्याक बुल्स उपाधि नजिक पुगेको छ।
२५ औ मिनेटमा कुभोन्चभिकको गोलमा ब्ल्याक बुल्सले अग्रता बनायो। पहिलो हाफमा १-० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफ ३ गोल सामना गर्यो ।
विदेशी टोलीसँग पुरै समय दबावमा परेको थ्री स्टारले पाएको केही मौका समेत सदुपयोग गर्न सकेन।
२९ औ मिनेटमा थ्रीस्टारका खेमराज श्रेष्ठको फ्रिकीक फस्ट बारको नजिकबाट बाहिरिदा बराबरीको मौका गुमायो।
खेलको ५८ औ मिनेटमा असिफबेक ओरिफजोनोभको गोलमा ब्ल्याक बुल्सले अग्रता दोब्बर पार्यो। ६२ औं मिनेटमा सभ्काटजोन सत्तारोभको गोलमा थ्री स्टार ३-० ले पछि पर्यो।
खेलको ८७ औ मिनेटमा साइडजामोलको गोलमा ब्ल्याक बुल्सले ४-० को फराकिलो जित दर्ता गर्यो।
ब्ल्याक बुल्सले अब उपाधिका लागि ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबसँग खेल्नेछ।
पहिलो सेमिफाइनलमा बुधवार पुलिसले चर्च ब्वाईज युनाइटेड लाई १-० ले हराउँदै फाइनल पुगेको थियो। फाइनल शनिबार हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]