10 months ago
February 14, 2025
पोखरा (हाम्रो खेलकुद) – २४औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि भोलि ६ पटकको विजेता नेपाल पुलिस फुटबल क्लबले पहिले पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको साममा गर्दैछ ।
पुलिस सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने दाउमा रहेको छ। आहा! रारा गोल्डकपमा अहिलेसम्म पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका छन् । सर्वाधिक सफल टिम बन्न पुलिसले बलियो ब्ल्याक बुल्सको चुनौती पन्छाउन पर्नेछ ।
एक समय स्टार खेलाडीले भरिएको पुलिसमा यो पटक ठुला नामका खेलाडी छैनन् । तर उनीहरूको बलियो पक्ष भनेको निरन्तरको प्रशिक्षण हो । सातौं पटक उपाधि जित्नको लागि आफ्नो टिम मानसिक रूपमा तयार रहेको प्रशिक्षक चेतन घिमिरेले प्रि म्याच कन्फरेन्समा बताए ।
इतिहास बनाउनको लागि जोशका साथ खेल्ने पनि उनले जिकिर गरे । स्टार खेलाडी नभएपनि निरन्तर एउटै टिमले अभ्यास गरेको र युवा खेलाडीहरू पनि ग्रुम हुँदै आएको घिमिरेको भनाइ छ ।

कप्तान राम वाजीले पनि पुलिस क्लब पहिले र अहिलेमा धेरै फरक रहेको बताए । स्टार खेलाडी भरिने गरेको पुलिस यो पटक सो अवस्थामा नरहेको बताउँछन् । त्यसैले चुनौती टिमलाई हुनेछ । तर पनि नयाँ खेलाडीहरुले प्रशिक्षकको रणनीति अनुसार खेल्ने बताए ।
यु-२३ टिमको लागि आशिश राई र सुजन मगर टिममा नहुँदा धेरै असर नगर्ने र बेन्चको खेलाडीको लागि अवसरको रूपमा रहेको वाजीले बताए ।
पहिलो पटक आहा रारा खेल्दै पहिलो पटक नै फाइनलमा पुगेको ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलअजिज निशानबाएभ टिमले एक पछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको बताए । उनले पुलिसको खेल फास्ट र प्राविधिक रूपमा बलियो रहेको पनि जिकिर गरे । साथै फाइनल खेल निकै रोमाञ्चक हुने उनको भनाइ छ ।
पुलिस र बुल्स दुवै जारी प्रतियोगितामा अन्बल देखिएका छन् । पुलिसले तीन खेल र ब्लायक बुल्सले दुई खेल जितेका छन् । यो क्रममा दुवै टिमले एक गोल पनि खाएका छैनन् ।
पुलिसले पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० ले, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज युकेलाई २-० ले र सेमिफाइनलमा ए डिभिजन विजेता चर्च ब्वाइजलाई १-० ले माथ दिएर फाइनलको यात्रा तय गरेको थियो ।

सिधै क्वाटरफाइनल खेलेको बुल्सले सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० र पाँच पटकको विजेता थ्री स्टारलाई ४-० को हार चखाएको थियो । दुवै खेलमा प्रभावशाली प्रदर्शन गरेको बुल्सलाई रोक्न पुलिसलाई सहज हुनेछैन ।
पुलिसले तीन खेल खेलेर ४ गोल गर्दा बुल्सले दुई खेल खेलेर ७ गोल गरिसकेको छ । यसले बुल्सको स्ट्राइकिङ लाईन अप मजबुत रहेको देखिन्छ । यता पुलिसले गरेको चार गोलमा तीन गोल सेट पिसबाट गरेको थियो ।
पुलिस पहिलो र दोस्रो संस्करणको विजेता हो । यसपछि २०६४ देखि २०६६ सम्म लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गरेको थियो । यसपछि २०७४ सालमा उपाधि जितेर उपाधि सङ्ख्या ६ पुर्याएको थियो । २०७४ पछि पुलिसले उपाधि जित्न सकेकको छैन् ।
भोलि हुने फाइनल खेल जिते पुलिस सातौं पटक च्याम्पियन बन्नेछ । ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागीतामा नै च्याम्पियन बन्नेछ । साथै आहा राराले नयाँ च्याम्पियन पाउनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]