10 months ago
February 15, 2025
पोखरा(हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज पोखरा रंगशालामा ६ पटकको च्याम्पियन नेपाल पुलिस फुटबल क्लबको सामना उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले गर्देछ।
पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ।
बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले दुई खेलमा गरेको प्रदर्शन प्रभावशाली रहेको छ। उसले दुवै खेल निर्धारित समयमा सहजै नतिजामा जितेको थियो। त्यसैले आज पुलिसलाई पनि कडा चुनौती दिने अनुमान लगाउन सकिन्छ।
पुलिस र ब्ल्याक बुल्स दुवै जारी प्रतियोगितामा अब्बल देखिएका छन्। पुलिसले ३ खेल र ब्ल्याक बुल्सले २ खेल जितेका छन्। यो क्रममा दुवै टिमले एक गोल पनि खाएका छैनन्।
पुलिसले पहिलो खेलमा आयोजक साहार क्लबलाई १-० ले, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज युकेलाई २-० ले र सेमिफाइनलमा ए डिभिजन विजेता चर्च ब्वाइजलाई १-० ले माथ दिएर फाइनलको यात्रा तय गरेको थियो।
सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले सिक्किमको थन्डर बोल्ट नर्थ युबाइटेडलाई ३-० र ५ पटकको विजेता थ्री स्टारलाई ४-० को हार चखाएको थियो। दुवै खेलमा प्रभावशाली प्रदर्शन गरेको बुल्सलाई रोक्न पुलिसलाई सहज हुने छैन।
पलिसमा स्टार खेलाडीले छैनन्। युवा खेलाडी अहिले टोलीमा छन्। उनीहरूले नियमित प्रशिक्षण गरिरहेका छन्। जुन उसको मजबुत पक्ष बन्न सक्छ। उसले जितेको ३ खेलमा सेट पिसबाट गोल गरेको छ।
बुल्सले पनि यसलाई राम्ररी नियालेको हुनुपर्छ। त्यसैले आज पुलिसका फर्वाडलाई चुनौती रहने देखिन्छ। यु-२३ टिमको लागि आषिश राई र सुजन मगर टोलीमा नहुँदा केहि असर पर्न सक्छ।
आहा रारा गोल्ड कप अहिलेसम्म पुलिस र मानाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका छन्। २०७४ पछि पुलिसले उपाधि जित्न सकेको छैन।
आज हुने फाइनल खेल जिते पुलिस सातौं पटक च्याम्पियन बन्नेछ। ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामा नै च्याम्पियन बन्नेछ। साथै आहा राराले नयाँ च्याम्पियन पाउनेछ।
फाइनल खेल दिउँसो २:३० बजे हुनेछ। फाइनलको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]