default_image

10 months ago

February 15, 2025

पुलिसलाई हराउँदै उज्वेकको ब्ल्याक बुल्स आहा! रारा च्याम्पियन

1946 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ।

६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिवार ३-१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको‌ उपाधि जितेको छ।

आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको‌ छ। यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो।

पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको हो। यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्ड कप गरि ३ प्रतियोगितामा लगातार पहिलो खेलबाटै बाहिरिएको पुलिस आहा राराको भने ३ खेल जित्दै फाइनल पुगेको थियो।

उज्वेकिस्तानको टोलीसँग पराजित भएपछि पुलिस कीर्तिमानी सातौं पटक विजेता बन्ने अवसरबाट चुकेको छ।

पुलिसका शीशिर चौधरीले गरेको गोल सान्त्वना बन्यो। ७४ औँ मिनेटमा उज्वल राईको फ्रिकिकमा शीशिरले हेडर गोलमा पुलिस खेलमा फर्कने संकेत गर्यो ।

त्यसअघि नै ब्ल्याक बुल्सले आरामदायी अग्रता बनायो ।
४० औं मिनेटमा कप्तान जाकोन्गिर अक्माडोभको फ्रिकिक गोल ब्ल्याक बुल्सले सुरुवाती अग्रता बनायो।

पुलिसका प्रज्वल चौधरीले ब्ल्याक बुल्सका खेलाडीलाई फाउल गरेपछि पाहुना टोलीले फ्रिकिकको मौका पायो। त्यसलाई कप्तानले खेर जान दिएनन्। उनको शसक्त फ्रिकिक प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाउने क्रममा पहिलो बारको जालीमा लाग्दै गोलमा परिणत भयो।

५९ औं मिनेटमा असिलबेक ओरिफजोनोभको गोलमा ब्ल्याक बुल्सले अग्रता दोब्बर पार्यो। अजिजबेकको क्रसलाई नियन्त्रणमा लिर्दै असिलबेकले गोल गरेका हुन्।
६६ औं मिनेटमा सभ्कात्जोन सत्तारोभले गोल गरेपछि ब्ल्याक बुल्सले ३-० को अग्रता बनायो।

त्यसअघि खेलको तेस्रो मिनेटमा नै पुलिसका सुनिल तामाङको क्रसमा मनिष सेडाइको हेडर ब्ल्याक बुल्सका गोलकिपरले पन्च गर्दै जोगाउँदा अग्रताको मौका गुमायो।

खेलको १५ औं मिनेटमा सुनिलको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। २२ औं मिनेटमा विवेक पाण्डेको फ्रिकिक ब्ल्याक बुल्सका डिफेन्डरले क्लियर गरे।
उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार र पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँमा प्राप्त गर्यो।

आहा गोल्डकप जित्ने ब्ल्याक बुल्स नवौं टोली हो । यसअघि पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६, थ्री स्टार क्लबले ५, संकटा क्लबले २ पटक , अफ्रिकन युनाइटेड, आयोजक सहारा क्लब पोखरा, एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब समान १ पटक च्याम्पियन बनेका थिए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.