4 weeks ago
February 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को टोली बुटवल लुम्बिनी फुटबल क्लब (बीएलएफसी) ले तेस्रो सिजनका लागि राष्ट्रिय टोलीका सदस्यद्वय एरिक विष्ट र मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।
गत सिजन टोलीका मार्की खेलाडी रहेका एरिकलाई यसपटक बुटवलले ए श्रेणीको खेलाडीको भूमिकामा रिटेन गरेको छ । त्यस्तै मनिष डाँगीलाई भने क्लबले मार्की खेलाडीमा नियुक्त गरेको हो । मनिषले पहिलो सिजन विराटनगर सिटी एफसीबाट खेल्दा दोस्रो सिजनमा भने उपस्थित रहेका थिएनन् ।
एरिकले पहिलो सिजन ललितपुर सिटीबाट खेल्दा दोस्रो सिजन बुटवलबाट मार्की खेलाडी रहेका थिए । उनी ए डिभिजन लिगमा भने चर्च ब्वाइजबाट खेलिरहेका छन् । बुटवलले यस सिजनका लागि प्रशिक्षक घोषणा भने गरेको छैन ।
एनएसएलको अक्सन चैत १० गते हुँदैछ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]