10 months ago
February 16, 2025
पोखरा (हाम्रो खेलकुद)-उज्वेकिस्तानको ब्ल्याक बुल्सका साभकान्तजोन सातोरोभ २४ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
उनलाई टेल्जी इलेक्ट्रिक स्कुटर प्रदान गरिएको छ। उनले ३ खेलमा ३ गोल गरे। फाइनलमा पनि उनले एक गोल गरेका थिए। उनी नै सर्वाधिक गोल कर्ताको अवार्ड जित्न पनि सफल रहे। सर्वाधिक गोल कर्ताको लागि उनलाई २५ हजार प्रदान गरियो।
व्यक्तिगत अवार्डमा विजेता ब्ल्याक बुल्सको नै वर्चस्व रहयो। उत्कृष्ट गोल किपर ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ चुनिए। उत्कृष्ट फर्वाड अजिजिबेग खुर्सोनोभ बने। बुल्सका अबदुल्लाहजिज निशानबेभ उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे।
नेपाल पुलिस फुटबल क्लबका राम वाजी उत्कृष्ट मिडफिल्डर बने। पुलिसकै सञ्जीव लामा उदयीमान खेलाडी घोषित भए। फ्येर प्ले थन्डर बोल्ड नर्थ युनाइटेड सिक्किमलाई प्रदान गरियो। व्यक्तिगत अवार्ड विजेतालाई समान २५ हजार रुपैयाँ नगद गरियो।

फाइनलमा ६ पटकको विजेता पुलिसलाई शनिवार ३-१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो सहभागितामा नै च्याम्पियन बन्यो। आहा रारा जित्ने बुल्स नवौं टोली हो।
उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार र पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँमा प्राप्त गर्यो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]