10 months ago
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आज दशरथ रंगशालामा सुरु हुँदैछ।
पहिलो दिन दुई खेल हुनेछन् । म्यानमार र लेबननबिचको खेल दिउँसो २ बजे सुरु हुनेछ। साँझ ६ बजे सुरु हुने खेलमा नेपाल र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली महिला फुटबल टोलीको सहभागिताको दायरा केहि बर्षयता फराकिलो बन्दै गएको छ । त्यसअघि दक्षिण एसियाली स्तर भन्दा माथिका कमै मात्र अवसर पाउथ्यो।
गत वर्ष साउदी अरब वाफ च्याम्पियनसिपको फाइनल पुगेयता नेपाली महिला टोलीको चर्चा थप चुलिएको र समर्थनको रुची बढेको देखिन्छ।
यसपटकको च्याम्पियन्सिपमा दक्षिण एसिया भन्दा बाहिरका टोलीसँघ घरेलु मैदानमा नै खेल हुँदा चासो बढ्नु स्वाभाविक हो । मैत्रीपूर्ण नै किन नहोस् समर्थकहरु महिला टोलीले उपाधि जितेको हेर्न चाहिरहेका छन् ।
स्वदेशमै साफ च्याम्पियनसिपमा लगातार दुई पटक उपाधि जित्ने मौका गुमाएको नेपाली टोलीले यो च्याम्पियनसिपको उपाधि जितेको खण्डमा त्यसले लगातार उपाधि विमुख हुनुपरेको पीडामा थोरै मल्हमको काम गर्न सक्छ।
उपाधि जित्ने सम्भावनालाई बलियो बनाउन आज कीर्गिस्तानसँगको खेलमा विजयी सुरुवात गर्नेु पर्ने हुन्छ। म्यानमार र लेबनन बलियो टोलीमा पर्छन् ।
६ वर्ष अघि नादेज्दा कपमा नेपालले कीर्गिस्तानलाई ८-२ ले हराएको थियो। कीर्गिस्तानलाई अहिले त्यहि नजरले हर्न मिल्दैन।
वाफमा लेबननलाई मुस्किलले हराएको नेपालले म्यानमार लाई ४ पटकको खेलमा अहिले सम्म हराउन सकेको छैन। नेपाली टोलीकका लागि यसपटक जति चुनौती छ त्यो भन्दा बढी अवसर पनि छ। यसलाई टोलीले कसरी उपयोग गर्छ त्यो हेर्न पाइनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]