default_image

9 years ago

February 24, 2017

प्रिमियर लिग विजेता लेस्टरका प्रशिक्षक रानिरी बर्खास्त

294 views

0 Bookmark

लेस्टर (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टर सिटीले लगातार खराब प्रदर्शनपछि प्रशिक्षक क्लाउडियो रानिरीलाई बर्खास्त गरेको छ ।

ranieri

रानिरीको नेतृत्वमा गत सिजन अविश्वसनीय रुपमा इतिहास कायम गर्दै प्रिमियर लिगको उपाधि जितेको लेस्टर जारी सिजनमा भने रेलिगेसनमा पर्ने खतरा पर्ने सम्भावना देखिएको छ ।

सन् २०१५ मा लेस्टरमा आबद्ध भएका ६५ बर्षिय रानिरीलाई हटाएपछि नयाँ प्रशिक्षकको खोजीमा छ । अब लिगमा लिभरपुलसँग भिड्दा लेस्टरलाई क्रेग सेक्सपियरले कार्यवहाक प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

प्रिमियर लिगको १७ औं स्थानमा रहेको लेस्टर अंकतालिकाको पुछारमा रहेको सन्डरल्यान्डको भन्दा २ अंक मात्र बढि छ । लेस्टर च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रतिस्पर्धा गरिरहेको लेस्टरले सेभिल्लासँगको पहिलो लेग २–१ ले गुमाएको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.