10 months ago
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल जारी छ।
पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। विमला चौधरीले नेपालको लागि गोल गरिन्।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले कीर्गिस्तान विरूद्ध दबाब बनाएको छ। खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो।
रेखा पौडेलले टाइट एङगलबाट हानेको प्रहारलाई कीर्गिस्तानकी गोल किपर दिलनुरा अबिबुल्लाहले बचाइन्। रिबाउन्डमा सबिता राना मगरको प्रहार बाहिरियो।
यो मौका गुमे लगतै दशौं मिनेटमा नेपालले अग्रता बनायो। सबिता राना मगरले दिएको सटिक पासमा विमला चौधरीको हेडरले सही दिशा लियो।
१८ औं मिनेटमा प्रिती राईको फ्रि-किकमा विमला चौधरीको प्रहारलाई गोल किपर दिलनुराले बचाइन्। फर्किएको बलमा रेणुका नगरकोटीको लङ रेन्ज प्रहार क्रसबार माथिबाट थोरैले बाहिरियो।
२७ औं मिनेटमा प्रिती राईको प्रहारलाई गोलकिपरले पन्च गरेर बचाइन्। यसपछि पहिलो हाफको इन्जुरी समयमा नेपालले सुनौलो मौका गुमायो। रश्मि कुमारी घिसिङको प्रहार क्रस बारमा लागेर फर्कियो।।
रिबाउन्डमा पनि सबिताको प्रहारले फेरि क्रसबारमा लाग्यो। रिबाउन्डमा रेखाको प्रहारलाई किर्गिस्तानकी डिफेन्डरले क्लियर गरिदिईन्।
कीर्गिस्तानले पहिलो हाफमा पोष्ट चार्ज समेत गर्न सकेन्। बिमलाको गोलमा नेपालले पहिलो हाफमा १-० को अग्रता बनाएको छ।
आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]