4 weeks ago
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
नेपालले कीर्गिस्तान विरूद्ध १-० को कठिन जित निकाल्यो। विमला चौधरीले नेपालको लागि एक मात्र गोल गरिन्।
दशरथ रंगशालामा भएको खेलमा तुलनात्मक रुपमा कमजोर देखिएको कीर्गिस्तान विरुद्ध नेपालले खेलमा दबाब बनाएपनि गोल गर्न संघर्ष गर्यो।
खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो। रेखा पौडेलले टाइट एङगलबाट हानेको प्रहारलाई कीर्गिस्तानकी गोल किपर दिलनुरा अबिबुल्लाहले बचाइन्। रिबाउन्डमा सविता राना मगरको प्रहार बाहिरियो।
त्यो मौका गुमे लगत्तै दशौं मिनेटमा नेपालले अग्रता बनायो। सविताले दिएको सटिक क्रसमा विमलाको हेडरले सही दिशा लियो र टोलीले अग्रता बनायो।
१८ औं मिनेटमा प्रीति राईको फ्रि-किकमा विमलाको प्रहारलाई गोल किपर दिलनुराले बचाइन्। फर्किएको बलमा रेणुका नगरकोटेको लङ रेन्ज प्रहार क्रसबार माथिबाट थोरैले बाहिरियो।
२७ औं मिनेटमा प्रीतिको प्रहारलाई गोलकिपरले पन्च गरेर बचाइन्। यसपछि पहिलो हाफको इन्जुरी समयमा नेपालले सुनौलो मौका गुमायो।
रश्मिकुमारी घिसिङको प्रहार क्रस बारमा लागेर फर्कियो। रिबाउन्डमा सविताको प्रहार फेरि क्रसबारमा लाग्यो। त्यसको रिबाउन्डमा रेखा पौडेलको प्रहारलाई किर्गिस्तानकी डिफेन्डरले क्लियर गरिदिइन्।
दोस्रो हाफको सुरुवातमा नै डिफेन्डर विमला विकेलाई रिप्लेस गर्दै स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ मैदान प्रवेश गरिन्। ५३ औं मिनेटमा विमलाले पहेंको कार्ड पाइन्।
रेखाको क्रसमा विमलाले हातले गोल गरेपछि रेफ्रीले कार्ड दिएकी थिइन्। ८२ औं मिनेटमा सविताको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।
दोस्रो हाफमा दुवै टोलीले गोल गन नसक्दा विमलाको गोल निर्णायक बन्यो। नेपालले १-० को जितमा ३ अंक जोडेको छ। प्रीति प्लेयर अफ दि म्याच घोषित भइन्।
आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो। चारै टिमले एक-एक खेल खेल्दा म्यानमार र नेपालले समान ३/३ अंक जोडेका छन्।
अब शुक्रवार हुने पहिलो खेलमा कीर्गिस्तानले म्यानमारको सामना गर्नेछ। दोस्रो खेलमा नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुनेछ। राउन्ड रोबिन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]