10 months ago
February 17, 2025
हिमाल खरेल,बिर्तामोड
कनकाई नगरपालिकाले प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनलमा अर्जुनधारा नगरपालिकालाई ३-०ले पराजित गर्दै कनकाई च्याम्पियन बनेको हो ।
कनकाईको जितमा सिम्रन राईले २ र पूर्णिमा राईले १ गोल गरेकी हुन् । सातौं मिनेटमा कनकाईकी सिम्रनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो ।
५३ औँ मिनेटमा कनकाईकी पूर्णिमाले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । सिम्रनले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । कनकाईकी पूर्णिमा राई फाइनलको प्लेयर अफ दी म्याच भइन् र उनले ५ हजार रुपैयाँ पाइन्।
च्याम्पियन बनेको कनकाईले उपाधिसहित ३ लाख दोस्रो अर्जुनधाराले ट्रफीसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
यस्तै, कनकाईकी सुशिला चौधरी बेस्ट किपर, कप्तान खुस्मा राई बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डर सिम्रन राई भइन् । उनीहरुले समान ७ हजार रुपैयाँ पाए ।
यसैगरी, अर्जुनधाराकी जेनिफर रानामगर सर्वोत्कृष्ट खेलाडी बन्दै १५ हजार रुपैयाँ पाउन सफल भइन् । यस्तै, अर्जुनधाराकी कुसुम खतिवडाले बेस्ट फरवार्डको उपाधिसहित ७ हजार रुपैयाँ पाइन् ।
खेलमा सर्वाधिक १० गोल गरेकी जेनिफरले ७ हजार र खेलप्रेमीबाट २ हजार ५ सय रुपैयाँ सहित ट्रफी पाइन् । उनले एप्पल वाच पनि पुरस्कार पाइन् ।
झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेत, उपविजेता टिमलाई बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाई, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेल, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कृत गरे।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]