10 months ago
February 19, 2025
एजेन्सी – इटालियन क्लब एसी मिलान डच टोली फाइनोर्डसँग बराबरीमा रोकिदा च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ ।
प्लेअफको दोस्रो लेगमा मंगलवार १-१ को बराबरी हुँदा डच टोली समग्रमा २-१ को अग्रता हासिल गर्यो । पहिलो लेग फाइनोर्डले १-० ले जितेको थियो ।
मिलानको मैदानमा भएको खेलमा फाइनोर्डका लागि जुलियन करान्जाले गोल गरे । मिलानका सान्टियागो गिमेनेजले गोल गरे ।
पहिलो मिनेटमा नै गोल गर्दै गोमेनेजले मिलानलाई सुरुवाती अग्रता दिए। तर, ७३औं मिनेटमा करान्जाले गोल गर्दै डच क्लबलाई बराबरीमा पुर्याए ।
दुवै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरे। मिलानका हर्नान्डेज ५१औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
खेलको अन्तिम तिर फेयेनोर्डका गिभाइरो रिडलाई पनि रातो कार्ड दिइयो । फाइनोर्ड अन्तिम १६ मा इन्टर मिलान वा आर्सनलमध्ये कुनै एक टोलीसँग भिड्नेछ ।
बायर्न म्युनिख, क्लब ब्रुग र बेन्फिकाले पनि प्लेअफ जित्दै अन्तिम १६ मा स्थान पक्का गरे ।
स्कटल्याण्डको सेल्टिकसँग प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो।
इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको हो।
अल्फान्सो डेभिसले इन्ज्युरी समयमा बराबरी गोल गर्दैै टोलीको अघिल्लो चरणको यात्रा निश्चित गरे । त्यसअघि निकोलस कुनले ६३ औं मिनेटमा गोल गर्दै सेल्टिकलाई अघि बढाए।
त्यस्तै बेल्जियमको क्लब ब्रुग, पोर्चुगलको बेन्फिका च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् ।
इटालीको एटलान्टालाई ३-१ ले हराएको क्लब ब्रुगले समग्रमा ५-२ को नतिजासहित अघि बढ्यो ।
फ्रान्सको एएस मोनाकोलाई ३-३ को बराबरीमा खेलेको बेन्फिका समग्रमा ४-३ को नतिजाका साथ अघि बढेकोछ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]