10 months ago
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एफसी चितवनले गोलकिपर विशाल श्रेष्ठलाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रिटेन गरेको छ ।
चितवनले बुधवार सामाजिक सञ्जालमार्फत विशाललाई रिटेन गरेको जनाएको छ। उनी एनएसएलको अघिल्लो संस्करणमा चितवनको मार्की खेलाडी थिए ।
यसपटक टोलीले राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्टलाई मार्की खेलाडीका रुपमा भित्राइसकेको छ।
टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरिसकेको छ।

९ टोलीको सहभागिता रहेको अघिल्लो संस्करणको एनएसएलमा चितवन पुछारमा थियो । चितवनले एक खेलमा मात्र जित निकालेको थियो । एनएसएलको अक्सन शनिवार हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]