10 months ago
February 19, 2025
सुमन अधिकारी, बुटवल
देवदह ब्वाइज लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजक लखन ब्रदर्श क्लबलाई बुधवार २-१ ले पराजित गर्दै देवदहले उपाधि जितेको हो ।
देवदह उपाधिका साथ १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ र लखन ७५ हजार ७ सय ५७ रुपैयाँ प्राप्त गरेको छ ।
देवदहका सुभाष थारु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले१० हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
लखनका सुजित डाँगी उत्कृष्ट डिफेन्डर, लखनकै जितेश गुरुङ उत्कृष्ट मिडफिल्डर, लखनकै मिलन आले सर्वाधिक गोलकर्ता, देवदहका टेक बहादुर मुखिया उत्कृष्ट गोलकिपर, सियारीका बलराम न्यौपाने उदयमान खेलाडी घोषित भए । उनीहरुले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगीताका विजेता, उपविजेता टोलीलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्लबका अध्यक्ष सुदिप खत्री, क्लबका संरक्षक संयोजक राम बहादुर थापा, क्लबका सचिव निरन्जन पन्तले पुरस्कृत गरे।
माघ २२ देखि सन्चालित प्रतियोगितामा रुपन्देही, नवलपरासी गरि १६ टोलीको सहभागिता थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]