10 months ago
February 20, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।
फ्रान्सेली प्रतिद्वन्दी ब्रेस्टलाई दोस्रो लेगमा बुधवार ७-० को फराकिलो अन्तरले हराउँदै पिएसजी प्रि क्वाटरफाइनलमा पुगेको हो। पिएसजी समग्रमा १०-० को अगाडि रह्यो । पहिलो लेग पिएसजी ३-० ले जितेको थियो ।
घरेलु मैदानमा पिएसजीको जितमा बारकोला, क्वार्त्सखेलिया, विटन्हा, डौए, नुनो मेन्डेस, गोन्कालो रामोस र मायुलुले समान १ गोल गरे ।
२०औं मिनेटमा बारकोलाले पिएसजीका लागि पहिलो गोल गरे। ३९औं मिनेटमा क्वार्त्सखेलियाले गोल गर्दा पिएसजी पहिलो हाफमा २-० ले अगाडि रह्यो।
५९औं मिनेटमा विटन्हाले , ६४औं मिनेटमा डौएले, ६९औं मिनेटमा मेन्डेसले, ७६औं मिनेटमा रामोसले र ८६औं मिनेटमा मायुलुले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।
पिएसजीले क्वाटरफाइनल प्रवेशका लागि लिभरपुल वा बार्सिलोना मध्ये एकको सामना गर्ने छ ।
डर्टमन्ड, रियल म्याड्रिड र पिएसभी अन्तिम १६ मा पुगेका छन् । दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३-० को अग्रताले अघि बढ्यो।
म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको रियलले समग्रमा ६-३ को अग्रता सहित अघि बढ्यो। युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनायो।

December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]