default_image

10 months ago

February 20, 2025

नेपाल र लेबनान खेल्दै

2666 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली महिला फुटबल टोलीले फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको‌ पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले हराएको थियो।

विजयी सुरुवात गरेपनि टोली प्रर्दशन भने खेलाडी आफै र प्रशिक्षक राजेन्द्र तामाङलाई पूरा चित्त बुझ्दो थिएन । कीर्गुस्तानसँग नेपालले बढी गोलअन्तरको जितको उपेक्षा सबैलाई थियो।

सन् २०१९ मा नादेज्दा कपमा कीर्गिस्तानलाई ८-२ ले हराएको नेपालबाट बढी गोलअन्तरको अपेक्षा गर्नु स्वभाविकै थियो। तर, यसपटक त्यस्तो भएन।

च्याम्पियन्समा कीर्गिस्तान भन्दा तुलानात्मक रुपमा बलिया म्यानमार र लेबनानसँग खेल्नु पर्ने भएकोले पहिलो खेलमा बढी अन्तरको जितले टोलीमाथि दबाब कम हुन सक्छ भन्ने अनुमान गरिएको हो।

यस्तोमा नेपालले आज लेबननसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा म्यानमारसँग ३-१ को हार बेहोरेको लेबनानले आज नेपालविरुद्ध आफ्नो सबै विकल्प प्रयोग गर्नेछ ।

लगातार दुई खेल‌ हारेको अवस्थामा फाइनल यात्रा उसका लागि कठिन हुने भएको नेपालसँगको खेलमा सबै शक्ति लगाउनेछ। गत वर्ष साउदी अरबमा वाफ च्याम्पियनसिपमा नेपाल २-१ को हारलाई लेबनानले अझै भुल्न सकेको छैन।

प्रशिक्षक तामाङका अनुसार उनीले त्यसैकारण नेपालसँग फेरि खेल्ने प्रस्ताव राखेका‌ हुन्। कात्तिकमा भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालको प्रर्दशन राम्रो भएन । पहिलो पटक भुटानसँग बराबरी खेलेको थियो। त्यसपछिका खेलमा नेपालले प्रर्दशनमा सुधार गरेको थियो।

दशरथ रंगशालामा आज साँझ ६ बजे सुरु हुने खेलमा नेपालबाट त्यस्तै सुधारिएको प्रर्दशनको आशा गरिनेछ । म्यानमारसँग खेल्नुअघि २ खेल जितेमा लिगको अन्तिम खेलमा दबाब कम हुनेछ।

आजको खेलमा बराबरी वा हातले भने नेपाललाई फाइनल यात्राका लागि चुनौति हुनेछ। त्यसअर्थ नेपालले पनि आजको खेलमा जितेका लागि हरसभ्भव प्रयास गर्नेछ। दिउँसो २ बजे म्यानमार र कीर्गिस्तान खेल्दैछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.