10 months ago
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।
नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो।
सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफमा गरेको गोल नेपालको जितका लागि पर्याप्त रह्यो।
दशरथ रंगशालामा लेबनान विरूद्ध नेपालले खेल अवधिभर दबाब बनायो। गोल गर्ने अवसर आधा दर्जन भन्दा बढि सिर्जना गर्यो। जहाँ एक गोल मात्र संभव भयो।
खेलको नवौं मिनेटमा लेबनानको प्रयास सफल भएन। नेपालको डिफेन्सिभ ल्याकमा क्रिस्टि मलाउफले बक्स भित्रबाट हानेको प्रहारलाई गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गरेर बचाइन्।
खेलको दशौं मिनेटमा नेपालले पनि मौका गुमायो। विमला चौधरीले ६ यार्ड बक्स नजिकैबाट हानेको प्रहार आकाशियो।
खेलको १३ औं मिनेटमा लेबनानकी लायला इस्कन्दरले पाएको मौकालाई गोलमा परिणत गर्न सकिनन्। यसपछि १५ औं मिनेटमा प्रीति राईले हानेको लङ रेन्ज सट क्रसबार नजिकैबाट बाहिरियो।
३१ औं मिनेटमा लेबनानकी क्रिस्टी मलाउफले दिएको क्रसमा लायला स्कन्दरले कनेक्ट गर्नुभन्दा पहिले नै गोल किपर एञ्जिलाले खुट्टाले बचाइन् र पुजा रानाले बल क्लीयर गरिन्।
यसपछि नेपालले ४२ औं मिनेटमा अग्रता बनायो। विमलाको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गरेको बललाई साम्बाले बक्स बाहिरबाट हानेको पावरफुल सट फराह इल टयारलाई रुफ्लेक्ट हुँदै गोलमा परिणत भयो। यो सँगै नेपालले पहिलो हाफमा १-० को अग्रता बनायो।
५९ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने उत्कृष्ट मौका खेर फाल्यो। साम्बाले दिएको सटिक क्रसमा अनमार्क पोजिसनमा रहेकी सविता राना मगरले हानेको प्रहार आकाशियो।
दोस्रो हाफमा तीन खेलाडी परिवर्तन गर्यो। यो क्रममा प्रमुख स्टाइकर लायला इस्कन्दरलाई समेत परिवर्तन गरेको थियो। तर पनि लेबनानले उत्कृष्ट मुभहरू बनाउन सकेन्। इन्जुरी समयमा जवहा अरबीले बक्स बाहिबाट हानेको प्रहार क्रसबारमा लागेर फर्कदा नेपाल गोल खानबाट जोगियो।
दोस्रो हाफमा दुवै टिमबाट गोल नहुँदा साम्बा कै गोल निर्णायक बन्यो। १-० को जितमा लगातारको दोस्रो जित सहित नेपालले फाइनलमा स्थान बनायो। म्यानमारले पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको थियो।
च्याम्पियनसिपमा आइतवार लिगमा पहिलो खेल २ बजे लेबनान र कीर्गिस्तान तथा दोस्रो खेल साँझ ६ नेपाल र म्यानमारबिच हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]