10 months ago
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।
सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए।
विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक आवासीयले २० हजार र तेस्रो नेपाल पुलिस स्कुल, साँगाले १० हजार रुपैयाँ प्राप्त गर्यो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विजेता , उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे।
नेपाल एपिएफ स्कुलका रोशन बुढात प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर , टेन्जिङ्ग शेर्पा सर्वोत्कृष्ट खेलाडी,विकास बोहोरा सर्वाधिक गोलकर्ता रहे । ब्राइट होराइजन चिल्डेन होम, मातातिर्थ अनुशासित टोली घोषित भयो।
नेपाल एपिएफ स्कुल कीर्तिपुरको २० औँ स्थापना दिवसको अवसरमा माघ २० गतेदेखि प्रतियोगिता आयोजना भएको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]