10 months ago
February 21, 2025
एजेन्सी – स्पेनिस र विश्व फुटबललाई हल्लाउने चुम्बन घटनाको ५ सय ५० दिनपछि स्पेन फुटबल महासंघ (आरइइएफ) का पूर्व अध्यक्ष
लुइस रुबियालेसलाई यौन दुर्व्यवहारको दोषी ठहर गरिएको छ।
स्पेनको उच्च अदालतले बिहीवार पूर्व अध्यक्ष रुबियालेसले सन् २०२३ को अगस्टमा महिला विश्वकप जितेपछि पदक वितरण समारोहको क्रममा खेलाडी जेन्नी हर्मोसोको सहमति बिना चुम्बन गरेको ठहर गरेको हो। इङ्ग्ल्याण्डलाई हराउँदै स्पेनले महिला फुटबल विश्व कपको उपाधि जितेको थियो।
रुबियालेसले चुम्बन आपसी सहमतिमा भएको दाबी गर्दै आएका थिए। तर उनलाई १० हजार ८ सय युरो जरिवाना सहित हर्मोसोबाट २ सय मिटर टाढा बस्नु पर्ने र एक वर्षसम्म सम्पर्क गर्न नपाउने गरि प्रतिबन्ध लगाउने निर्णय अदालतले सुनाएको छ।
रुबियालेसले यो फैसला विरुद्ध पुनरावेदन गर्ने बताएका छन्। अदालतका अनुसार अभियोजन पक्षले उनलाई दुई वर्ष ६ महिनाको जेल सजायको माग गरेका थियो। एक वर्ष चुम्बनका लागि र १८ महिना दबाबका लागि।
तर अदालतले उनलाई जेल सजाय भने सुनाएन।
अदालतले पदक वितरण समारोहमा उनी बढी उत्साहित भएको र आफ्नो पदअनुसार व्यवहार गर्न नसकेको भन्दै यसलाई अपराध होइन भन्न नमिल्ने तर्क राखेको छ।
यो महिनाको सुरुवातमा दिएको बयानमा हर्मोसोले सो घटना आफ्नो जीवनकै खुसी दिनलाई दाग लगाउने दिन भएको बताएकी थिइन्।
स्पेनकी कप्तान इरेने पारेडेस हर्मोसोको पक्षमा साक्षी बनेकी थिइन्। उनले अदालतको फैसलालाई सम्मान गर्ने बताए पनि दबाब दिने अभियोगबाट सफाइ दिइएकोमा अचम्म लागेको प्रतिक्रिया दिएकी छिन्।
इङ्ल्यान्ड र चेल्सीकी डिफेन्डर लुसी ब्रोनजले हर्मोसो र उनका टोलीका खेलाडीहरूको साहसको प्रशंसा गरिन्।
रुबियालेसले महिला फुटबलकी एक ठूली स्टारलाई चुम्बन गरेको घटना र त्यसपछि भएको असर वर्षौंदेखि फुटबल संघभित्र रहेको असन्तुष्टिको चरम रूपमा समेत लिइएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]