default_image

10 months ago

February 21, 2025

विश्वकप विजेता गोलकिपर बुफोन नेपाल आउने!

5541 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)- विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् ।

केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

केपी ओली कपको फागुन‌ १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रंगशालामा उपस्थित रहने थेवेले दाबी गरे । त्यसका‌‌ लागि‌ सम्झौता भइसकेको थेवेले जानकारी दिए ।

त्यसअघि ब्राजिलियन महान खेलाडी मध्येका रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव राखिएको थेवेले जानकारी दिए। कार्लोस सुरुमा आउनका‌ लागि तयार भएपनि‌ पछि समय नमिलेका कारण रद्द भएको उनले बताए । त्यसपछि बुफोनलाई ल्याउने प्रयास थालिएको उनको भनाइ थियो ।

सन् २००६ को विश्व कप विजेता बुफोन देशका लागि सबै भन्दा बढि अन्तर्राष्ट्रिय फुटबल खेल्ने गोलकिपर हुन् । इटालीबाट ८० खेलमा कप्तानी समेत गरेका उनले कीर्तिमानी १ सय ७६ खेल‌ खेलेका थिए। उनले ५ पटक‌ विश्व कप‌ खेलेका थिए। ४७ वर्षे उनले १० पटकका इटालियन सिरिए जितेका थिए।

२ विदेशीसहित ९ टोलीको सहभागितामा केपी ओली कप आइतबार सुरु हुँदैछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.