10 months ago
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। क्याटगरी ‘ए’ र ‘बी’ को मात्र अक्सन हुनेछ।
अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका छन् ।त्यसमा एनएसएलका ७ टोलीले बोली लगाउनेछन्।
क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ लाख र म्याक्सिमम प्राइस ४ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै क्याटगरी ‘बी’ को बेस प्राइस १ लाख ५० हजार र म्याक्सिमम प्राइस २ लाख रुपैयाँ तोकिएको छ।
प्रत्येक टिमले अक्सन र रिटेनमा गरेर २२ लाख रुपैयाँ सम्म खर्च गर्न पाउनेछ।
रिटेन भएका खेलाडी
एनएसएलको नियम अनुसार प्रत्येक टिमले क्याटगरी ‘ए’ बाट एक खेलाडी रिटेन गर्नुपर्छ। ‘बी’, ‘सी’ र ‘डी’ क्याटगरीबाट एक वा दुई खेलाडी रिटेन गर्न पाउने नियम छ। जहाँ ५ टोलीले समान ३ तथा २ टोलीले समान २ खेलाडी रिटेन गरेका छन्।
धनगढी सिटी एफसी
धनगढीले क्याटगरी ‘ए’ बाट डिफेन्डर देवेन्द्र तामाङ तथा क्याटगरी ‘बी’ बाट डिफेन्डर रणदीप पौडेल र मिडफिल्डर राम चन्द्र वाजीलाई रिटेन गरेको छ।
एफसी चितवन
चितवनले क्याटगरी ‘ए’ बाट गोल किपर विशाल श्रेष्ठ तथा क्याटगरी ‘बी’ बाट डिफेन्डर डिफेन्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई रिटेन गरेको छ।
काठमाडौ रेजर्स एफसी
काठमाडौले क्याटगरी ‘ए’ बाट मिडफिल्डर दीपेश गुरुङ तथा क्याटगरी ‘बी’ बाट डिफेन्डर कुलदीप कार्की र गोल किपर अभिषेक बराललाई रिटेन गरेको छ।
पोखरा थन्डर्स एफसी
पोखराले क्याटगरी ‘ए’ बाट मिडफिल्डर आयुष घलान तथा क्याटगरी ‘बी’ बाट पदम भट्टराई र डिफेन्डर नरेन चौधरीलाई रिटेन गरेको छ।
बुटवल लुम्बिनी एफसी
बुटवल लुम्बिनीले क्याटगरी ‘ए’ बाट मिडफिल्डर एरिक बिष्ट तथा क्याटगरी ‘बी’ बाट फरर्वाड निराजन धामी र डिफेन्डर सरोज तामाङलाई रिटेल गरेको छ।
ललितपुर सिटी एफसी
डिफेन्डिङ च्याम्पियन ललितपुरले क्याटगरी ‘ए’ बाट डिफेन्डर सनिस श्रेष्ठ र क्याटगरी ‘बी’ बाट मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको छ।
झापा एफसी
झापाले क्याटगरी ‘ए’ बाट डिफेन्डर छिरिङ लामालाई र क्याटगरी ‘बी’ बाट प्रशान्त लक्ष्यमलाई रिटेन गरेको छ । तर प्रशान्तले झापाबाट नखेल्ने भएका छन्।
अक्सनमा कुन टोलीसँग कति रकम बाँकी
झापा एफसीसँग सर्वाधिक १९ लाख रकम अक्सनको लागि रहेको छ। यो रकम क्याटगरी ‘ए’ को एक खेलाडी रिेटेन गरेपछिको रकम हो।
प्रशान्तलाई रिटेन नगरिएको यसले पुष्टि हुन्छ। अब उसले अक्सनबाट सर्वाधिक ९ खेलाडी खरिद गर्नुपर्ने हुन्छ। साथै क्याटगरी ‘बी’ बाट एक वा दुई खेलाडी रिटेन गर्नुपर्ने नियम भित्र झापा चुकेको देखिन्छ।
३ खेलाडी रिटेन गरेको पोखरा र २ खेलाडी रिटेन गरेको ललितपुरसँग समान १७ लाख २५ हजार रकम अक्सनको लागि रहेको छ।
धनगढी, चितवन, काठमाडौं र बुटवलसँग भने समा १५ लाख ५० हजार रकम अक्सनमा खर्च गर्न सक्नेछन्।
टोली कसरी बन्छ
यो पटक ७ टोलीले २२ वा २३ सदस्यीय टोली बनाउन पाउने नियम रहेको छ। जसका लागि ७ विभिन्न क्यटगरी रहेका छन्।
१. मार्की
हरेक टोलीले एक जना मार्की खेलाडी राख्नुपर्नेछ। अक्सन अगाडि ६ टोलीले मार्की खेलाडीको औपचारिक घोषणा गरिसेकेका छन्। झापाले आधिकारीक रूपमा घोषणा नगरेपनि लाकेन लिम्बुलाई मार्की खेलाडी बनाउने बुझिएको छ।
२. विदेशी खेलाडी
प्रत्येक टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ।
३. क्याटगरी ‘ए’
क्याटगरी ‘ए’ बाट २ वा ३ खेलाडी अनुबन्ध गर्नुपर्नेछ।
४. क्याटगरी ‘बी’
क्याटगरी ‘बी’ बाट ६ खेलाडी आबद्ध गर्नुपर्नेछ।
५. क्याटगरी ‘सी’
क्याटगरी ‘सी’बाट ४ खेलाडी लिनुपर्नेछ। यो भने ड्राफ्ट मार्फत हुनेछ।
६. क्याटगरी ‘डी’ वा रूकी
यो क्याटगरी बाट एक-एक जनालाई टिममा समावेश गर्नुपर्ने नियम छ।
७. एनआरएन
यो क्याटगरीबाट खेलाडी समावेश गर्नुपर्ने बाध्यता टोलीलाई रहने छैन।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]