10 months ago
February 22, 2025
एजेन्सी – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी प्रो लिगमा अल इत्तिफाकसँग पराजित भएको छ ।
नासर शुक्रवार इत्तिफाकसँग ३-२ ले पराजित भयो । अल अवाल पार्क रियादमा भएको खेलमा नासरले २ पटकको अग्रता जोगाउन सकेन।
इत्तिफाकको जितमा जर्जिनियो विज्नाल्डमले २ गोल गर्दा १ गोल नासरले उपहार स्वरुप दियो । नासरका लागि ऐमान याह्या र मोहम्मद अल फतिलले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने नासरले लियो । खेलको ४७औं मिनेटमा याह्याले गोल गरे । ५५औं मिनेटमा इत्तिफाकका विज्नाल्डमले गोल गर्दै खेल बराबरीमा पुर्याए । ६५औं मिनेटमा नासरका लागि फतिलले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।
८२औं मिनेटमा नासरका फतिलले आत्मघाती गोल गर्दै इत्तिफाकलाई खेलमा फर्काए । अन्तिम मिनेटमा इत्फिाकका विज्नाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
इन्ज्युरी समयमा नासर १० खेलाडीमा सिमित भयो । नासरका जोन डुरान रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै इत्तिफाक २१ खेलमा २८ अंकका साथ आठौं स्थानमा छ । नासर समान खेलमा ४४ अंकका साथ चौथो स्थानमा झरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]