default_image

10 months ago

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

3147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्।

चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा र सन्तोष खत्रीलाई सर्वाधिक ४ लाख रुपैयाँमा खरिद गर्यो ।

क्याटगरी ‘ए’ मा १५ खेलाडी अक्सनको सूचीमा थिए।‌ जसमा ८ खेलाडी सर्वाधिक ४ लाखमा, विवेक पौडेल ३ लाखमा तथा ३ खेलाडी प्रदीप लामा, दीप कार्की र सुरज सिंह ठकुरी बेस प्राइसमा २ लाख रुपैयाँमा विक्री भए।
३ खेलाडी गोलकिपरद्वय विकेश कुथु र विशाल सुनार तथा भरत खवास अनसोल्ड रहे।

अक्सनमा रहेका क्याटगरी ‘बी’ का ४५ मध्ये ३२ खेलाडी विक्री भए। दुवै क्याटगरीमा गरि ६० मध्ये ४४ खेलाडी सोल्ड र १६ खेलाडी अनसोल्ड रहे।

एनएसएलका ७ टोलीले अक्सनमा कुल १ करोड ३९ लाख ९० हजार रुपैयाँ खर्च गरेका छन्। जसमा साविक विजेता ललितपुर अक्सनमा सर्वाधिक महंगो टोली बन्यो। टोलीले २२ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ।

जुन तोकिएको सिलिङ भन्दा २५ हजार रुपैयाँले बढी हो। जसको लागि उसले फाइन पनि तिर्नु पर्नेछ।

ललितपुरले क्याटगरी ‘ए’ बाट मणि र सन्तोषलाई सर्वाधिक ४ लाख रुपैयाँमा खरिद गर्यो। क्याटगरी ‘बी’ बाट उसले ५ खेलाडी खरिद गर्यो। अक्सन अगाडि जसमा ४ खेलाडीलाई सर्वाधिक २ लाखमा खरिद गर्यो। यसअघि ललितपुरले क्याटगरी ‘ए’ बाट सनिश श्रेष्ठ र क्याटगरी ‘बी’ बाट आदित्य शाक्यलाई रिटेन गरेको थियो।

काठमाडौ र चितवनले समान २१ लाख ५० हजार रुपैयाँ खर्च गरे। चितवनले ४ लाखमा अभिषेक र सुमित श्रेष्ठलाई किन्यो । चितवन आज लक्की ड्रमा पनि भाग्यमानी बन्यो। टोलीले आज क्याटगरी ‘बी’ बाट ४ खेलाडी खरिद गर्यो। यसअघि विशाल श्रेष्ठलाई क्याटगरी ‘ए’ बाट तथा छिरिङ गुरूङ र रोशन राना मगरलाई क्याटगरी ‘बी’ बाट रिटेन गरेको थियो।

काठमाडौले दिनेश र जिलेस्पीलाई ४ लाख रुपैयाँमा तथा ४ खेलाडी क्याटगरी ‘बी’ बाट खरिद गरेको छ। अक्सन अगाडि उसले क्याटगरी ‘ए’ बाट दिपेश गुरुङ‌ तथा कुलदीप कार्की र अभिषेक बराललाई क्याटगरी ‘बी’ बाट रिटेन गरेको थियो।

धनगढी र झापाले समान १९ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्। धनगढीले ४ लाखमा पासाङ‌लाई किन्यो। क्याटगरी ‘ए’ बाट नै उसले विवेकलाई ३ लाख रुपैयाँमा खरिद गर्यो। ४ खेलाडी क्याटगरी ‘बी’ बाट किन्दा रिटेनबाट ३ खेलाडी आबद्ध गरिसकेको थियो। क्याटगरी ‘ए’ बाट देवेन्द्र तामाङलाई तथा रणदीप पौडेल र राम चन्द्र वाजीलाई क्याटगरी ‘बी’ बाट रिटेन गरेको हो।

झापाले क्याटगरी ‘ए’ बाट आशिषलाई ४ लाखमा खरिद गर्यो। उसले छिरिङ लामालाई क्याटगरी ‘ए’ बाट रुटरन गरेको थियो। क्याटगरी ‘ए’ बाट तीन खेलाडी खरिद नगरेको उसले एनआरएनबाट एक जनालाई आबद्ध गर्ने भनेको छ। उसले सर्वाधिक ६ खेलाडी क्याटगरी ‘बी’ बाट खरिद गर्यो।

बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्सले सबैभन्दा कम समान १७ लाख ५० हजार रुपैयाँ मात्र खर्च गरे। उनीहरूले ४ लाख ५० हजार बचाए। अक्सनको नियम अनुसार बढीमा २ लाख ५० हजार रुपैयाँ मात्र बचाउन पाउने भएकोले दुवै टोलीले फाइन तिर्नुपर्नेछ।

बुटवलको सर्वाधिक महंगो खेलाडी रिटेन गरेका क्याटगरी ‘ए’ का एरिक बिष्ट बने। उनलाई ३ लाख रुपैयाँ मा रिटेन गरेको टोलीले जनाएको छ। क्याटगरी ‘ए’ बाट दीप कार्की र नवीन लामालाई बेस प्राइस २ लाख रुपैयाँमा तथा क्याटगरी ‘बी’ बाट ४ खेलाडी खरिद गर्यो।

पोखराले आज क्याटगरी ‘ए’ बाट सुरज सिंह ठकुरीलाई बेस प्राइस २ लाख रुपैयाँमा किन्यो। आयुष घलानलाई ३ लाख रुपैयाँमा रिटेन गरेको बताएको छ। क्याटगरी ‘ए’ मा ३ खेलाडी पुर्याएन। उसले पनि एनआरएनबाट एक खेलाडी भित्राउनेछ। उसले क्याटगरी ‘बी’ बाट ५ खेलाडी खरिद गरेको छ।

अक्सनपछि सबै टोलीले मार्की सहित १० खेलाडी आबद्ध गरेका छन् । अब एक साताभित्र क्याटगरी ‘सी’ को ड्राफ्ट हुने बताइएको छ। एनएसएल चैत १६ गते सुरु हुनेछ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.