default_image

10 months ago

February 22, 2025

युनाइटेड र एभर्टनले बराबरीमा खेले

283 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एभर्टनले शनिवार इंग्लिस प्रिमियर लिगमा २-२ को बराबरी खेलेका छन् ।

२-० ले पछि परेको खेलमा युनाइटेड बराबरी गर्न सफल भयो। घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे । युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे ।

१९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती अग्रता लियो । ३३औं मिनेटमा डौकोरेले गोल गर्दा एभर्टनले‌ पहिलो हाफमा २-० को अग्रता बनायो ।

७१औं मिनेटमा युनाइटेडका फर्नाडिसले गोल गर्दै अन्तर घटाए । ८२औं मिनेटमा उगार्टेको गोलमा युनाइटेडले बराबरीमा गर्यो ।

युनाइटेड २६ खेलमा ३० अंकका साथ १५औं स्थानमा छ । एभर्टन समान खेलमा ३१ अंकका साथ १२औं स्थानमा छ । २६ खेलमा ६१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.