default_image

10 months ago

February 22, 2025

युनाइटेड र एभर्टनले बराबरीमा खेले

286 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एभर्टनले शनिवार इंग्लिस प्रिमियर लिगमा २-२ को बराबरी खेलेका छन् ।

२-० ले पछि परेको खेलमा युनाइटेड बराबरी गर्न सफल भयो। घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे । युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे ।

१९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती अग्रता लियो । ३३औं मिनेटमा डौकोरेले गोल गर्दा एभर्टनले‌ पहिलो हाफमा २-० को अग्रता बनायो ।

७१औं मिनेटमा युनाइटेडका फर्नाडिसले गोल गर्दै अन्तर घटाए । ८२औं मिनेटमा उगार्टेको गोलमा युनाइटेडले बराबरीमा गर्यो ।

युनाइटेड २६ खेलमा ३० अंकका साथ १५औं स्थानमा छ । एभर्टन समान खेलमा ३१ अंकका साथ १२औं स्थानमा छ । २६ खेलमा ६१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.