default_image

10 months ago

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

1192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ।

एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ।

आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो संस्करणका लागि शनिवार भएको खेलाडीको मिनी अक्सनमा एन्फा पदाधिकारी उपस्थिति नहुनुलाई चासोको साथ हेरिएको छ।

फ्रेन्चाइज लिगका लागि अक्सन महत्वपूर्ण कार्यक्रम मध्येमा पर्छ । आफैले स्वीकृती दिएको एनएसएलको अक्सनमा एन्फा पदाधिकारीको अनुपस्थितिले शंका गर्नेलाई ठाँउ दिएको‌ छ।

मिनी अक्सन नाम दिएको ‘ए’ र ‘बी’ गरी कुल ६० खेलाडीको अक्सन भएको थियो। अक्सनमा अन्य खेललागायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि अक्सनमा अतिथिको रुपमा पुगे।

तर नेपाली फुटबलको कार्यकारी सर्वोच्च निकाय एन्फा पदाधिकारीको उपस्थिति नै रहेन । यसअघिको अक्सनमा एन्फा पदाधिकारीको उपस्थिति रहन्थ्यो।

एन्फाले नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टबाट एनएसएल आयोजनाको लागि वार्षिक शुल्क पनि लिने सम्झौता छ।तर एन्फा कुनै पदाधिकारीको त्यहाँ उपस्थित रहेन । एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिश्र भने अतिथिका‌ रुपमा अक्सनमा सहभागी भए।

एन्फा पदाधिकारीको उपस्थिति किन भएन भनेर हाम्रो खेलकुदको प्रश्नमा नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रीयांश कार्कीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई निमन्त्रणा गरिएको तर वहाँ काठमाडौं बाहिर हुनुभएकोले उपस्थित हुन नसकेको जवाफफ दिए।

यद्दपी कार्कीले एन्फासँगको सहकार्यमा कुनै समस्या नरहेको पनि प्रष्ट पारे ।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.