10 months ago
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् ।
तर अक्सन सकिएको भोलिपल्ट नै अक्सनमार्फत छनोट भएका खेलाडीबारे समस्या निस्किएको छ । एनएसएलले सी र डी श्रेणीका खेलाडीको छनोट गर्न बाँकी रहेको अवस्थामा नै बि डिभिजन खेल्नका लागि क्लबसँग सम्झौता गरेका खेलाडीको विषयमा विवाद उत्पन्न भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएलका लागि आफैं चैत्र १६ गते सुरु हुने मिति तोकेर दिएको थियो । सँगै एन्फाले बि डिभिजन लिग आयोजनाका लागि पनि पटक पटक स्थगन गर्दै अन्तत: फागुन २५ को लागि मिति तोकेको छ । दुवै प्रतियोगिता एकै समयमा हुने हुँदा सहभागी क्लब, एनएसएल र एन्फाबीच विवाद उत्पन्न भएको छ । र त्यसको मारमा खेलाडी पर्ने भएका छन् ।
तर दुवै प्रतियोगिता एकै समयमा हुँदा खेलाडी छनोट र अनुबन्ध गर्न भने निकै समस्या हुने भएको छ । पछिल्लो समय नेपाली फुटबलमा खेलाडी पलायनको विकराल समस्या रहेका कारण बि डिभिजन खेल्ने धेरै खेलाडीले एनएसएल खेल्नुपर्ने अवस्था छ ।
एक त एनएसएलको दोस्रो संस्करण सकिएपछि एन्फाले आफ्नो डिभिजन लिग निरन्तर गर्न नसक्दा ए डिभिजन खेल्ने धेरै खेलाडी नेपालमा उपलब्ध छैनन् । सँगै बि डिभिजनका लागि एक वर्ष अघिदेखि नै खेलाडीसँग सम्झौता गरेर क्लबहरु लिगको अन्तिम तयारीमा छन् ।
बि डिभिजन क्लबहरुले लामो समयदेखि राखेको खेलाडी एनएसएलसँग मिति जुध्दा गुमाउनुपर्ने अवस्था रहेको छ । तर एनएसएलले हालसम्म खेलाडीसँग कुनै कागजी प्रक्रिया नगरेको र बि डिभिजन लिगका क्लबले भने कागजी सम्झौता गरेका कारण बि डिभिजन क्लबहरुले खेलाडी आफूसँगै राखेर लिग खेलाउने बताएका छन् ।
एनएसएलले पनि खेलाडी अक्सनमा राख्दा आफ्नै अनुसार श्रेणी विभाजन र खेलाडी छनोट गरेको थियो । यसकारण खेलाडीको उपलब्धता र सम्झौता हस्ताक्षर गर्ने कुरामै समस्या आउने देखिएको छ ।
एनएसएलको यसअघिका संस्करणमा पनि विभागीय र ए डिभिजन क्लबसँग सम्झौता रहेका खेलाडीको विषयमा सहमति गर्न केही समय लागेको थियो । यसपटक भने टी खेलाडीसँगै बि डिभिजन लिग खेल्ने तयारीमा रहेका खेलाडीको विषयमा विवाद हुने देखिएको छ ।
आइतबार विहान नै पोखरा थन्डर्सले शनिबार खरिद गरेका डिफेन्डर राम थापाको स्थानमा नवयुग श्रेष्ठलाई टोलीमा समावेश गरेको जानकारी दिँदै प्रेस विज्ञप्ति जारी गर्यो । अक्सन सूचीमा रहेका खेलाडी किनेको भोलिपल्ट नै परिवर्तन गर्नुको कारण भने पोखराले खुलाएको छैन ।
यता राम आवद्ध रहेका प्लानिङ ब्वाइज युनाइटेडका प्रशिक्षक सचिन्द्र धिमालले भने क्लबले आफ्नो तयारी निरन्तर गर्ने बताउँछन् । ‘हामीले बि डिभिजनको तयारी लामो समयदेखि गरेका छौं । त्यसै अनुसार खेलाडीलाई सम्झौतामा राखेका छौं । खेलाडीको ध्यान पनि अहिले लिगमा नै छ, हामीले क्लबबाट पनि तयारी निरन्तर राख्ने निर्देशन पाएका छौं । लिगमा राम्रो गर्न तत्पर छौं,’ उनले भने ।
क्लबले पनि राष्ट्रिय टोली र उमेर समूहको प्रशिक्षणमा माग गर्दा खेलाडी उपलब्ध गराउने तर बि डिभिजन हुने समयमा अन्य प्रतियोगिताका लागि भने खेलाडी नदिने जनाएको छ । हाल पोखराका मार्की समिर तामाङले पनि बि डिभिजनका लागि प्लानिङ ब्वाइजसँग सम्झौता गरिसकेका छन् । पोखराले रामलाई फुकुवा गरेपनि उनको विषयमा भने केही सार्वजनिक गरेको छैन ।
एन्फाभित्र पनि एनएसएलको मिति जुध्दा उत्पन्न समस्याबारे आन्तरिक छलफल सुरु भइसकेको बुझिएको छ । यद्यपि यसबारे यकिन निर्णयबारे भने एन्फाले निर्णय लिइसकेको छैन । केही दिनमा नै एन्फाले यसको निचोड निकाल्ने एन्फा स्रोतले जानकारी दिएको छ ।
ए र बि श्रेणीको खेलाडी हुँदा नै विवाद उत्पन्न हुँदा एनएसएल र सहभागी फ्रेन्चाइज टोलीले बाँकी श्रेणीको खेलाडी छनोटमा भने ध्यान पुर्याउनु पर्ने देखिन्छ । यसैपनि एनएसएल अक्सनमा एन्फाको अनुपस्थितिले लिग र एन्फाबीच चिसो सम्बन्ध रहेको संकेत दिएको छ । प्रतियोगिता मिति नै जुध्नुले खेलाडीलाई भने मार पर्ने देखिन्छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]