10 months ago
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्।
दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्।
जारी च्याम्पियनसिपमा सहभागी चारै टिमले समान २ खेल खेलिसक्दा सबैभन्दा बलियो टोलीको रुपमा म्यानमारलाई देखिएको छ।
म्यानमारले २ खेलमा ८ गोल गर्दा १ गोल खाएको छ। पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको म्यानमारले दोस्रो खेलमा कीर्गिस्तानलाई ५-० ले पराजित गरेको थियो। दोस्रो खेलमा म्यानमारले अधिकांश दोस्रो रोजाइको खेलाडी उतारेको थियो।
म्यानमारले गरेको गोल र मैदानमा देखाएको प्रभावशाली प्रदर्शनको कारण बलियो टोली विरुद्ध नेपालले संगठित भएर खेल्नु पर्नेछ।
नेपालले पनि म्यानमारले जस्तै लगातार २ खेल जितेको छ। नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले र दोस्रो खेलमा लेबनान विरूद्ध पनि १-० को साँघुरो जित निकालेको थियो।
दुई खेलमा नेपालको फ्रन्ट नाइनले मजबुत प्रदर्शन गर्न सकेको छैन । नेपालले च्याम्पियनसिप अगाडि नेपालको बलियो पक्ष फरवार्ड लाइन भन्दै आएको थियो। किनकी सावित्रा भण्डारी ‘साम्बा’ ले युरोपमा र रेखा पौडेलले युएईमा लिग खेलिरहेका छिन्।
तर कनेक्सन र कम्बिनेशनमा समस्या देखिएको छ। सँगै प्रशिक्षण गर्न नपाएर यस्तो भैरहेको साम्बालाे बताएकी थिइन्।
फाइनल अगाडिको भिडन्तको नतिजाले खास अर्थ नराख्ने भएकोले दुवै टिमका प्रशिक्षकले आजको खेलमा प्रयोग भने गर्न सक्छन्।
फिफा वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि रहेको छ। म्यानमार ५५ र नेपाल १ सय ३ स्थानमा छ।
यसअघि नेपालले म्यानमारसँग दुई पटक एएफसी वुमन्स ओलम्पिक क्वालिफाईङमा खेलेको छ। जहाँ नेपाल एक पटक म्यानमारसँग ३-१ ले हार्दा एक खेल १-१ को बराबरीमा सकिएको थियो। आज नेपाललाई म्यानमारलाई पहिलो पटक हराउने अवसर पनि रहेको छ।
आजै हुने पहिलो खेलमा लिग चरणबाट बाहिरिसकेका कीर्गिस्तान र लेबनानबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]