default_image

10 months ago

February 23, 2025

पहिलो हाफमा नेपाल र म्यानमार २-२ को बराबरीमा

1192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल जारी छ। पहिलो हाफमा नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा सकिएको छ।

खेलको छैठौं मिनेटमा नै घरेलु टिम र दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो। सविता राना मगरले स्वे यी तुनलाई फाउल हानेपछि म्यानमारले फ्रि-किक प्राप्त गर्यो। जहाँ म्याट नोइ खिनले फ्रि-किकमा सीधै गोल गरिन्।

तर ११ औं मिनेटमा नेपालले खेललाई १-१ को बराबरीमा पुर्यायो। सावित्रा भण्डारी ‘साम्बा’ ले एकल प्रतासमा अगाडि बढाएर दिएको सटिक पासमा सविताले पेनाल्टी बक्सबाट ट्याप इन गर्दै बललाई सही दिशा दिइन्।

सविताको यो तेस्रो अन्तराष्ट्रिय गोल हो। यसअघि उनले वाफ, साफ च्याम्पियनसीपमा एक-एक गोल गरेकी थिइन्।

बराबरी गोल फर्काएर खेललाई रोमाञ्चक बनाएको नेपाल १६ औं मिनेटमा दोस्रो गोल बेहोर्यो। डिफेन्सिभ इरर प्रमुख कारण बन्यो।

तीन डिफेन्डरलाई जिल्लाउँदै मे टेट लुले गोल गरिन्। उनको जारी च्याम्पियनसिपमा यो तेस्रो गोल हो। यो सँगै नेपाललाई म्यानमारले २-१ ले पछि पार्यो।

तर ४१ औं मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा साम्बाले डि बक्स भित्रबाट आकर्षक गोल गरिन्। यो सँगै पहिलो हाफ २-२ को बराबरीमा सकियो।

आजको खेलमा प्रशिक्षक राजेन्द्र तामाङले प्लेइङ इलेभेनमा तीन खेलाडी परिवर्तन गरे। कप्तान तथा गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राना मगर, स्ट्राइकर रेखा पौडेलको स्थानमा रश्मिकुमारी घिसिङ र विमला चौधरीको स्थानमा सरू लिम्बुलाई मैदानमा उतारेका थिए।

म्यानमार र नेपाल दुवै फाइनलमा पुगिसकेका छन्। आजको नतिजाले लिग चरणको विजेता र उप विजेताको टुङ्गो लाग्नेछ। यसअघि नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा पुगेका थिए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.