10 months ago
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्।
हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्।
तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा नवयुगलाई टिममा आबद्ध गरेको पोखरा थन्डर्सका अध्यक्ष जाम्लिङ घलले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
अनुभवी स्ट्राइकर नवयुगले घरेलु फुटबल त्रिभुवन आर्मी क्बबाट खेलिरहेका छन्। उनी पहिलो संस्करणको एनएसएलमा पोखराका मार्की खेलाडीको भुमिकामा थिए।
दोस्रो संस्करणमा भने चितवनसँग आबद्ध थिए।
अक्सनमा पोखराले सबैभन्दा कम १७ लाख ५० हजार रुपैयाँ मात्र खर्च गरेको थियो।
पोखराले क्याटगरी ‘ए’ बाट सुरज सिंह ठकुरीलाई बेस प्राइस २ लाखमा किन्दाआयुष घलानलाई ३ लाख रुपैयाँ मा रिटेन गरेको हो। उसले क्याटगरी ‘ए’ मा ३ खेलाडी पुर्याएको छैन । उसले एनआरएनबाट एक खेलाडी भित्राउने जनाएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]