default_image

10 months ago

February 23, 2025

नवयुगले पोखरा थन्डर्सबाट खेल्ने

1191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-   राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्

हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्।

तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा नवयुगलाई टिममा आबद्ध गरेको पोखरा थन्डर्सका अध्यक्ष जाम्लिङ घलले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।‌

अनुभवी स्ट्राइकर नवयुगले घरेलु फुटबल त्रिभुवन आर्मी क्बबाट खेलिरहेका छन्। उनी पहिलो संस्करणको एनएसएलमा पोखराका मार्की खेलाडीको भुमिकामा थिए।

दोस्रो संस्करणमा भने चितवनसँग आबद्ध थिए।
अक्सनमा पोखराले सबैभन्दा कम १७ लाख ५० हजार रुपैयाँ मात्र खर्च गरेको थियो।

पोखराले क्याटगरी ‘ए’ बाट सुरज सिंह ठकुरीलाई बेस प्राइस २ लाखमा किन्दाआयुष घलानलाई ३ लाख रुपैयाँ मा रिटेन गरेको हो। उसले  क्याटगरी ‘ए’ मा ३ खेलाडी पुर्याएको छैन । उसले  एनआरएनबाट एक खेलाडी भित्राउने जनाएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.