default_image

10 months ago

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

455 views

0 Bookmark

हिमाल खरेल,भद्रपुर

काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ ।

बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २-० ले अग्रता दोब्बर बनाए ।

सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो रोजाईका खेलाडीको अनुपस्थितमा एनआरटीलाई बंगलादेशले खेलभरि दबाबमा राखेको थियो ।

खेलको पाँचौँ मिनेटमा एनआरटीका मोहित गुरूङले पेनाल्टी एरियाभित्र पाएको अवसर गुमाए । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । खेलको १६ औँ मिनेटमा गुरूङ फेरि पेनाल्टी एरियामा चुके ।

खेलको ३८ औँ मिनेटमा शिशिर लेखीको प्रहार पनि बाहिरियो । खेलको ५२ औँ मिनेटमा मोहित गुरूङको प्रहार बंगलादेशका गोलकिपर रब्बीले बचाउ गरे । खेलको ४८ औँ मिनेटमा साकिलले प्रहार गरेको बल दोस्रो बार छेउबाट बाहिरियो । खेलको प्लेयर अफ द म्याच काउर्नका एस सिल्लाह भए । उनले नगद २१ हजार रुपैयाँ र ट्रफी पाए ।

काउर्नका सहायक प्रशिक्षक सोएल रहमानले नेपालको उत्कृष्ट टिम रहेको एनआरटीले खेल्ने तरिकाको बारेमा सामाजिक सञ्जालहरूमा हेरेर आफ्नो खेलाडीहरूलाई मैदानमा उतारेको र पहिलो खेलमै जित दर्ता गर्न सफल भएको बताए । सेमिफाइनलमा पनि रणनीति बनाएर फाइनलसम्म पुग्ने योजना रहेको उनको भनाइ छ ।

एनआरटीका प्रशिक्षक श्याम मालीले अनपेक्षित हारले पहिलो खेलबाटै बाहिरिएकोले टिमको नाममा असर पुगेको बताए । धेरै प्रतियोगिताका कारण पहिलो रोजाईका खेलाडीहरूलाई ल्याउन नसक्दा नतिजा पक्षमा नआएको उनको भनाइ छ ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुनेछ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.