10 months ago
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ।
दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो।
आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले एक एसिस्ट र एक गोल गरिन्। अर्को गोल सविता राना मगरले गरिन्। म्यानमारको लागि म्याट नोइ खिन र मे टेट लुले गोल गरे।
खेलको छैठौं मिनेटमा नै घरेलु टिम र दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो। सविताले स्वे यी तुनलाई फाउल हानेपछि म्यानमारले फ्रि-किक प्राप्त गर्यो। जहाँ म्याट नोइ खिनले फ्रि-किकमा सीधै गोल गरिन्।
तर ११ औं मिनेटमा नेपालले खेललाई १-१ को बराबरीमा पुर्यायो। साम्बा एकल प्रयासमा अगाडि बढाएर दिएको सटिक पासमा सविताले पेनाल्टी बक्सबाट ट्याप इन गर्दै बललाई सही दिशा दिइन्। सविताको यो तेस्रो अन्तराष्ट्रिय गोल हो। यसअघि उनले वाफ, साफ च्याम्पियनसीपमा एक-एक गोल गरेकी थिइन्।
बराबरी गोल फर्काएर खेललाई रोमाञ्चक बनाएको नेपालले १६ औं मिनेटमा दोस्रो गोल बेहोर्यो। डिफेन्सिभ इरर प्रमुख कारण बन्यो। तीन डिफेन्डरलाई जिल्लाउँदै मे टेट लुले गोल गरिन्। उनको जारी च्याम्पियनसिपमा यो तेस्रो गोल हो। यो सँगै नेपाललाई म्यानमारले २-१ ले पछि पार्यो।
तर ४१ औं मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा साम्बाले डि बक्स भित्रबाट आकर्षक गोल गरिन्। यो सँगै पहिलो हाफ २-२ को बराबरीमा सकियो।
दोस्रो हाफमा म्यानमारले केहुि दबाब बनायो। खेलको ६३ औं मिनेटमा म्यानमारले अग्रता लिने मौका गुमायो। विन थेङ्गी तुनले हानेको फ्रि-किक प्रहारलाई गोल किपर अन्जना राना मगरले बचाइन्।
दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन्। खेल २-२ को बराबरीमा सकियो। नेपाल म्यानमारसँग बराबरीमा रोकिएको यो दोस्रो पटक हो। यसअघि नेपालले म्यानमारसँग दुई पटक एएफसी वुमन्स ओलम्पिक क्वालिफाईङमा खेलेको थियो। छजहाँ नेपाल एक पटक म्यानमारसँग ३-१ ले हार्दा एक खेल १-१ को बराबरीमा सकिएको थियो।
आजको खेलमा प्रशिक्षक राजेन्द्र तामाङले प्लेइङ इलेभेनमा ३ खेलाडी परिवर्तन गरे। कप्तान तथा गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राना मगर, स्ट्राइकर रेखा पौडेलको स्थानमा रश्मिकुमारी घिसिङ र विमला चौधरीको स्थानमा सरु लिम्बुलाई मैदानमा उतारेका थिए।
नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनलमा पुगेका हुन्। यसअघि नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराएका थिए। फाइनल खेल बुधवार हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]