10 months ago
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो।
कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो।
फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो।
विशेष गरी फरवार्ड लाइनलाई चुनौती थियो। नेपालको फरवार्ड लाइनमा दुई सशक्त स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल छन्। तर २ खेलबाट २ गोल मात्र निकालेको थियो।
बढी अपेक्षा पनि स्ट्राइकर बाट नै गरिएको थियो। किनकी फुटबलको मज्जा भनेको गोल नै हो। आज म्यानमारसँग खेल्दा रेखा प्लेइङ इलेभेनमा नरहँदा बढी जिम्मेवारी साम्बामाथि थियो। उनले आफ्नो जिम्मेवारी पूरा पनि गरिन्।
बलियो म्यानमार विरुद्ध दुई पटक पछि पर्दा नेपालले कमब्याक गर्यो। जहाँ साम्बाको प्रदर्शन उत्कृष्ट रहयो। पहिलो गोलमा साम्बाको एसिस्ट तारिफयोग्य थियो।
यसपछि साम्बाले गरेको गोलमा प्रीतिको असिस्ट उत्कृष्ट थियो। साम्बाले गरेको सो गोल उनको करियरको उत्कृष्ट मध्येको एक गोल थियो भन्दा फरक नपर्ला।
यो प्रभावशाली प्रदर्शनपछि साम्बाले पछिल्लो दुई खेलमा आफ्नो क्षमता अनुसार खेल्न नसक्दा दबाब रहेको भन्दै आजको प्रदर्शनबाट पुरानै लयमा फर्किएको बताइन्।
फ्रान्सबाट आएपछि वातावरण, ग्राउन्ड र बल फिल गर्न नसकेको र यसमा कोचिङ स्टाफले सहयोग गरको बताउँदै रिस्टार्ट भएको उनको भनाई छ। साथै यो रिजल्टले टिमलाई एक्स्ट्रा एनर्जी मिलेको उनले बताइन्।
म्यानमार विरुद्ध गरेको साम्बाको करियरको ५७ औं गोल हो। दक्षिण एसियाकी उत्कृष्ट फरवार्ड मध्ये एक मानिएकी साम्बाले राष्ट्रिय टोलीबाट ५२ खेल ५७ गोल गरेकी छिन्। नेपालकी उनी सर्वाधिक गोलकर्ता हुन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]