10 months ago
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ ।
२६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो ।
यो सिजन उच्च प्रदर्शन गर्दै लिगको अन्तिम खेल अघिसम्म अपराजित रहेको सगरमाथाले १० खेलबाट ९ जित र एक बराबरीबाट २८ अंक बटुल्दै च्याम्पियन बनिसकेको थियो ।
लिग चरणको १०औं खेलमा दि राइजिङ गोर्खाज एफसीलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएपछि सगरमाथा च्याम्पियन बन्ने पक्का भएको थियो । च्याम्पियन सगरमाथाले ११ खेलबाट २८ अंक बटुल्यो ।
सगरमाथा दोस्रोपटक जिएनसी लिगको च्याम्पियन बनेको हो । यसअघि सगरमाथा २०२१–२२ को सिजनमा च्याम्पियन बनेको थियो ।
नेपाली राष्ट्रिय टोली तथा विभागीय नेपाल पुलिस क्लबका पूर्व फरवार्ड जुमानु राईको प्रशिक्षणमा रहेको सगरमाथामा राष्ट्रिय टोलीबाट खेलिसकेका दिलेन लोत्ताम, सौजन याख्खा राई, राजेन्द्र रावल र हिसुव थपलियाको साथ रहेको थियो ।
खेलाडी जीवनबाट २०८० जेठमा सन्यासको घोषणा गरेका जुमानुले सोही वर्ष पुसमा नेपाल प्रहरीको नायव निरिक्षक (सई) मा अवकाश लिएपछि अस्ट्रेलिया आएका थिए ।
त्यसपछि सगरमाथाले उनलाई क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेका थिए । उनले आफ्नो पहिलो कार्यकालमा नै क्लबलाई लिग च्याम्पियन बनाउन सफल भएका हुन् ।
घरेलु फुटबलमा पुलिसबाट खेलेका राईले नेपालको राष्ट्रिय टोलीबाट ५१ क्याप जित्दा ११ अन्तर्राष्ट्रिय गोल गरेका थिए।
गत वर्षको विजेता सेन्ट जर्ज नेप्लिज क्लब च्याम्पियन बनेको थियो । यसपल्ट सेन्ट जर्जले तेस्रो हुँदा दि राइजिङ गोर्खाज एफसीले दोस्रो स्थान हासिल गर्यो । द राइजिङले २४ तथा सेन्ट जर्जले २३ अंक बटुल्यो ।
फेवा, बेनी, वेस्ट युनाइटेड, डाँफे, क्लब नेपाल, ग्रानभिल, माछापुच्छ्रे, पारा पार्क र हिमालयन क्रमश चौथो देखि १२औं स्थानमा रह्यो ।
गोर्खा नेप्लिज कम्युनिटीले हरेक वर्ष (जिएनसी) फुटबल प्रिमियर लिगसँगै जिएनसी शिल्ड आयोजना गर्ने गर्दछ । यस लिगमा सहभागिता जनाउने खेल्ने अधिकांश क्लबमा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु आबद्ध छन् ।
जिएनसी प्रिमियर लिगमा शीर्ष चारमा रहने टोलीले जिएनसी शिल्ड खेल्नेछ । जिएनसी लिगमा मेजर, माइनर र भेट्रान गरी तीन लिग हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]