10 months ago
February 24, 2025
हिमाल खरेल,भद्रपुर
डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ ।
काठमाडौंमा आइतवार केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा हराउँदै एपिएफ झापाका लागि निस्केको थियो।
अत्यन्तै रोमाञ्चक खेलको ३४ औं मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै डागालाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई लाक्पाले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो ।
त्यसको दुई मिनेटमै डागाले अग्रता दोब्बर बनायो । ३६ औँ मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे । खेलको ५९ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गोल फर्काउँदै टिमलाई २-१ मा ल्याए ।
मणिकुमार लामाको कर्नर किकमा धिमालले हेडमार्फत गोल गरेका थिए । खेलको ६३ औं मिनेटमा भुटानले ३-१ को अग्रता बनायो । एपिएफका गोलकिपर अञ्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे । दुईजना डिफेन्डरलाई बिट गरेर उनले मध्य भागबाट लगेको बललाई जाली चुमाएका थिए ।
इन्ज्युरी समयमा एपिएफले खेललाई ३–२ पुर्यायो । डागाका जम्सो तेन्जिङले पेनाल्टी एरियाभित्र विपन श्रेष्ठलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । त्यसलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे ।
खेलको २५ औँ मिनेटमा डागाका लाक्पाले अवसर गुमाएका थिए । एपिएफका डिफेन्सले बल पोजिसन गुमाउँदा अगाडि लगेको बल लाक्पाले विपक्षी गोलकिपर अञ्जलसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेन ।
खेलको ७० औं मिनेटमा डागाका हेमराजले पेनाल्टी एरिया नजिकैबाट गरेको कडा प्रहार एपिएफका गोलकिपर श्रेष्ठले पञ्च गरेर बचाए ।

खेलको ४३ औं मिनेटमा एपिएफका मणिको प्रहारमा युवराज खड्काको हेडर बाहिरियो । खेलको ६१ औं मिनेटमा अनिश महर्जन डागाका गोलकिपर फुन्सो जिग्मेसँग वान टु वानको अवस्थामा पनि गोल गर्न सकेनन् ।
खेलको ८४ औँ मिनेटमा मणिको फ्रिकिक प्रहारमा पेनाल्टी एरियाबाट सुमनले हेड गरेको बललाई भुटानका गोलकिपर रुपकले पञ्च गरेर बचाए ।
खेलको प्लेयर अफ द म्याच डागा खेमराज भुजेल प्लेयर अफ दि म्याच भए उनले २१ हजार रुपैयाँसहित ट्रफी पाए ।
डागाका प्रशिक्षक दोर्जी खन्डुले एपिएफसँगको खेलमा संघर्षपूर्ण जित निकालेको बताए । टिममा भुटानसहित केही बाहिरका खेलाडी रहेकोले फाइनल प्रवेशका लागि केही खेलाडी परिवर्तन गर्ने उनको भनाइ छ ।

एपिएफका प्रशिक्षक मिलन राईले केपी ओेली कप खेलेका टिम नै झापा आएको र खेलाडीले विश्राम गर्न नपाउँदा टिमले हार व्यहोर्नु परेको बताए । एन्फाले प्रतियोगिता जुधाएका कारण टिमसहित खेलाडीमाथि असर परिरहेको उनको भनाइ छ ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल आयोजकको भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रगति संघबीच हुनेछ ।
गोल्डकपको विजेताले १३ लाख र दोस्रो टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन । एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]