10 months ago
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ।
नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ।
यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर नेसन्सलाई गयारीका रुपमा हेरिएको छ।
झन्डै ४ दशक लामो महिला अन्तराष्ट्रिय फुटबल यात्रामा नेपालले उपाधि जित्न सकेको छैन। यो हुटहुटीलाई मेटाउँदै पहिलो पटक च्याम्पियन बन्नको लागि टोली तयार रहेको कप्तान तथा गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाले बताइन्।
नेपाली महिला टोलीले सबै खाले प्रतियोगितामा गरि आज १३औं पटक फाइनल खेल्दै छ। यसअघि १२ पटक फाइनलमा भोगेको हारको पिडा मेटाउनु पनि छ। साफ च्याम्पियनसिप, साग र अन्य ३ प्रतियोगितामा नेपाल फाइनलमा पराजित भएको थियो।
त्यसबाहेक घरेलु टोली बंगलादेशविरुद्ध डेढ बर्षअघि भएको २ खेलको अन्तर्राष्ट्रिय सिरिजमा बराबरीपछि टाइब्रेकर नेपालले उपाधि जितेको थियो। पहिलो खेलमा १-१ र दोस्रो खेलमा गोलरहित बराबरी पछि टाइब्रेकरमा नेपाल ४-२ ले विजयी भएको थियो।
अधिकांश प्रतियोगिता नेपाली महिला टोलीको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ। यही कारण पछिल्लो एक वर्षमा नेपालले तेस्रो फाइनल खेल्दैछ। यसअघि वाफ र साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा पुगेको थियो।
यो पटक पनि नेपाली टोलीसँग आत्मविश्वास छ। बलियो फरवार्ड लाइन छ। जहाँ युरोपमा खेलेकी सावित्रा भण्डारी ‘साम्बा’ नेपाली टोलीकै प्रमुख अस्त्रको रुपमा रहेकी छिन्। बलियो आत्मविश्वास कै कारण लिग चरणमा नेपालले दुई पटक कमब्याक गर्दै म्यानमारलाई बराबरीमा रोकेको थियो।
यो पटक नेपाली मिड लाइन उतिकै चुस्त देखिएको छ। युवा खेलाडी प्रीति राईको जोश अनि रेणुका नगरकोटीको अनुभवले मिड लाइनलाई मजबुत बनाएको छ।
ग्रीसमा खेलेको अनुभवले गोल किपर तथा कप्तान एञ्जिलाको प्रदर्शन पनि उत्कृष्ट रहेको छ। उनले खेलेको दुई खेलमा गोल खानु परेको छैन। २-२ को बराबरी भएको म्यानमार सँगको लिग चरणको खेलमा अन्जना राना मगरले पोष्ट सम्हालेकी थिइन्।
नेपालको तुलनात्मक रुपमा डिफेन्स कमजोर देखिएको छ। अनि फाइनलमा म्यानमारले आफ्नो पहिलो रोजाईका खेलाडीहरूलाई उतार्दा चुनौती डिफेन्डर र गोल किपरलाई हुन सक्छ। यसमा टिम चनाखो हुनुपर्ने देखिएको छ। किनकी म्यानमार जारी च्याम्पियनसिपको मजबुत टोली हो।
म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराउँदा नेपालसँग २-२ को बराबरी खेलेको थियो। वरियतामा नेपाल भन्दा माथि म्यानमार छ। नेपालले कीर्गिस्तान र लेबनान लाई समान १-० ले हराएको थियो।नेपाल १ सय ३ स्थानमा छ भने म्यानमार ५५ औं स्थानमा रहेको छ।
फाइनल अगाडि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ पनि आत्मविश्वासी देखिएका छन्। उनलाई प्लेइङ ११ चयन गर्न चुनौती हुन सक्छ। उनले विशेषगरी युवा खेलाडीलाई मौका दिने पनि स्पष्ट पारेका छन्।
प्लेइङमा नेपालले सफलता प्राप्त गरिरहेको भनेका छन्। सायद फाइनलमा पनि प्लेइङबाट नतिजा निकाल्ने रणनीति तामाङले बनाउन सक्छन्।
मंगलवार नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण गर्यो। यो प्रशिक्षणमा प्रीति भने अनुपस्थित थिइन्। नेपाली टोलीले करिब डेढ घण्टा प्रशिक्षण गर्यो। फाइनल खेलमा प्रशिक्षकको रणनीति अनुरुप खेल्ने स्टार खेलाडी साम्बाले बताएकी छिन्। उनले नेपाली टोलीलाई दबाबसँगै अवसर रहेको पनि बताइन्।
नेपालले अहिलेसम्म म्यानमारलाई हराउन सकेको छैन। यसअघि तीन पटक खेल्दा एक पटक म्यानमारले जित निकाल्दा दुई खेल बराबरीमा सकिएको छ। त्यसैले पहिलो पटक म्यानमारलाई हराउँदै उपाधि जित्नको लागि नेपाली टिमलाई घरेलु दर्शकको साथ भरपुर रहनेछ।
नेपाली महिला टोलीले सन् १९८६ मा हङकङमा भएको एएफसी उमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबल
मा डेब्यू गरेको हो।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]